‘चट्ट बसम देउरालीमा’ मा राजेश र करिश्माको दमदार नृत्य - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘चट्ट बसम देउरालीमा’ मा राजेश र करिश्माको दमदार नृत्य

आन्छुमे नसान

दमक/एक जमनाका सुपरहिट जोडीको रुपमा कहलिएका महा नायक राजेश हमाल र चर्चित नायिका करिश्मा मानन्धरको दमदार नृत्य रहेको ‘चट्ट बसम देउरालीमा’ युट्युव च्यानल मार्फत सार्ब्जिनक भएको छ ।

अत्याधिक रुपमा रुचाईएका राजेश र करिश्माको जोडीलाई बर्षौं पछि दर्शकले फेरि हेर्न पाएका छन् । यो अवसर एट के मोसन पिक्चर्स युट्युव च्यानलमा भिडियो सार्बजनिक भएसंगै जुरेको हो ।

लोकप्रिय गायिका मेलिना राई र लोकप्रिय गायक भिम चापागाईको आवाज रहेको गीतमा शव्द तथा संगीत दिपक शर्माको रहेको छ ।

देबेन्द्र पान्डेको निर्देशनमा बनेको भिडियोलाई उत्सव दहालले छायांकन गरेका छन् भने नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतलाई श्यामस्वेत रसाईलीले मिक्सिङ गरेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर