असोज १६ मा, गजल महफिल दमकको सातौं श्रृङखलामा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

असोज १६ मा, गजल महफिल दमकको सातौं श्रृङखलामा

दमक/गजल महफिल दमकको सातौं श्रृङखला असोज १६ गते गजल घर नेपालको आयोजनामा दमक बाणिज्य संघको सभाहलमा सम्पन्न हुने भएको छ ।

प्रदेश न .१ को गजलकारहरुलाई प्रोत्साहन गर्ने र गजलको अभिबृदीको लागि यो संस्थाले २र२र महिनामा गजल महफिलको आयोजना गर्दै आएको र गजलकारहरुलाई मन्च उपलब्ध गराउदै आएको सल्लाहकार संयोजक साङसेन पन्धाकले बताए ।

गजल महफिलको सातौं श्रृङखलामा ,पाँचथर बाट मधु केरुङ, इलाम बाट शिसीर भट्टराई, सुनसरी बाट टीका आत्रेय रहेको सल्लाहकार असोक बस्नेतले बताए ।

गजल महफिल साहित्य प्रेमिहरुका लागि बिशेष हुने र प्रदेश नं १ गजलको उर्बर भुमी बनाउन सबै लाग्न गजल घर नेपालका अध्यक्ष मौसम साम्पाङले आग्रह समेत गरेका छन् । उनले सबै गजलकारहरुलाई समेटन गजल घरका पुर्व अध्यक्ष बाटोघरे कान्छाले सुझाव दिएकोे बताए ।

सम्बन्धित खवर