आज बिश्व अहिङ्सा दिवस विभिन्न धार्मिक झाँकी सहित सम्पन्न - Mangsebung News
  • शनिबार, मङि्सर १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज बिश्व अहिङ्सा दिवस विभिन्न धार्मिक झाँकी सहित सम्पन्न

All-focus

सङसेमी माङयुङ
२०७६ ओसज १५ दमक / संसारका सम्पुर्ण पशुपाणीहरुलाई बाच्न पाउने वातावरण बनाऔ, हरेक मठ मन्दिरमा पशु बली दिने प्रथाको अन्त्य गरौं । भन्ने नाराका साथ आज बिहान विभिन्न धार्मिक संघ संस्थाको अगुवाईमा झाँकी र सर्वसाधारणको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

All-focus

श्री कृष्ण रथ यात्रा समिति दमकको मूल आयोजना रहको उक्त कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ, स्वर्गीक मार्ग संघ नेपाल, श्री कृष्ण प्रणामी युवा परिषद नेपाल आदीको सहकार्यमा निकालिएको ¥याली दमक गणतन्त्र चोक बाट सुरु गरी फर्निचर लाई हुँदै फाल्गुनन्द चौक स्थित फाल्गुनन्दको शालिक परिक्रमा गरि बजारक्षेत्र हुँदै पुनः गणतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा विभिन्न धार्मिक प्रतिनिधिहरुले आफ्नो बिचार राखी कार्यक्रमको समापन भएको थियो ।

सम्बन्धित खवर