वडा नं. १ को क्लब स्तरीय खेलको उपाथि चम्किलोलाई - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडा नं. १ को क्लब स्तरीय खेलको उपाथि चम्किलोलाई


दमक/चम्किलो युथ क्लबले दमक १ मा भईरहेको वडा नं. १ कप उचालेको छ ।

बुधबार भएको खेलमा सो क्लबले सोही वडाको फुटबल किड्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । चम्किलोका खेलाडी प्रविण राई एक्लैले तीन गोल गर्दा किड्सले कुनै खाता खोल्न सकेन ।

स्थानीय भृकुटी निमाविको मैदानमा भएको खेलको विजेताले पुरस्कार कप सहित बिस हजार नगद, उपविजेताले १२ हजार नगद प्राप्त गरेका थिए ।

असोज १ देखि सुरु भएको प्रतियोगिता पुर्णध्वज आङ्देम्बेको संयोजकत्वमा भएको थियो भने पुरस्कार वितरण समारोहका प्रमुख अतिथि गजेन्द्र देवानले कप तथा पुरस्कार प्रदन गरेका थिए ।

समापन कार्यक्रममा दमक वडा नं. १ प्रहरी विट प्रमुख रामचन्द्र ढकाल, लायन्स क्लब अफ दमक युनाईटेकका अध्यक्ष सन्दिप बस्नेत लगायतको पस्थिति रहेको थियो ।

सम्बन्धित खवर