दमक/याक्थुङ युवा मञ्च दमकको अध्यक्षमा पुनः सपना कन्दङवालाई चयन गर्दै प्रथम अधिबेशन सम्पन्न गरेको छ ।
याकथुङ युवा मञ्च जिल्ला कार्य समिति झापाका सचिव देवि बहादुर निङ्लेकु ’प्रताप’को प्रमुख आतिथ्यमा दमक स्थित होटल एस. जी.को सभाहलमा सम्पन्न अधिबेशनले १३ सदसिय समिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा क्रमश : उमा लिम्बु र सुरेश नेम्बाङ, सचिवमा अभिन मेन्याङबो सहसचिवमा वचन केदेम, कोषाध्यक्षमा कोशिला खेवा चयन भएका छन् ।
त्यसैगरि निर्वाचित सदस्यहरुमा क्रमशः सोनु लिम्बु, अभिषेक लिम्बू, मञ्जु लिम्बू, मन्दीरा खापुङ, संगीता साँवा, सरोज लिम्बू, मनिका चेम्जोङ रहेका छन् ।
प्रमुख अतिथि निङ्लेकुले सम्बोधनको क्रममा याक्थुङ युवा मञ्च आदिवासी लिम्बू जातीको युवा समाजिक संस्था हो र यस्ले न्याय, सम्मानता, पहिचान र अस्तित्वको सवालमा युवा छेत्र बाट वकालत गर्ने बताएका छन् ।
उनले याक्थुङ युवा मञ्चले युवाहरुलाई आर्थिक, समाजिक, राजनैतिक रुपले सु–सभ्य युवा बनाउन चाहेको बताए ।
कार्यक्रमा गायक गायिकाहरु उमा लिम्बू ,बचन केदेम,सरोज लिम्बू,दिलिप लिम्बु र कौसिला लिम्बू लगायतको साँगितिक प्रस्तुती समेत रहेको थियो ।
त्यसैगरि कार्यक्रममा लिम्बु बिद्यार्थी मञ्च झापा अध्यक्ष सागर साम्बा, उपाध्यक्ष दिलहाङ सम्बाहाङ्फे, याक्थुङ युवा मञ्च झापाका सह(सचीव सन्त शेर्मा लागयत को उपस्तिथि रहेको थियो।
कार्यक्रम सपना कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।