पुर्वकै शान दिलमाया रियो छमछमी ४ को फाईनलमा - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वकै शान दिलमाया रियो छमछमी ४ को फाईनलमा

आन्छुमे नसान
दमक/पूर्वकै शान प्रदेश न. १ को एक मात्र प्रतिनिधिको रुपमा रहेकी नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी सिजन ४ को फिनालेमा पुग्न सफल दिलमाया लिम्बू सानै उमेर देखि नाँच्नु भनेपछि हुरुकै हुन्थिन् ।

रियो छमछमीका फाईनलिष्ट दिलमाया हरेक सफलतामा, दुख सुखमा पापालाई मिस गरिरहेकि हुन्छन् । बुद्धशान्ति–४, झापाकी उनी मेहेनत, लगशिलता, आत्मबिश्वास र दर्शक अनि शुभचिन्तकहरुको माया र सहयोगले फाईनलमा पुग्न सफल भएको बताउछन् ।

दिलमायालाई फिनालेमा पुग्न धेरै भन्दा धेरै दर्शक र देश बिदेशमा रहनुभएका शुभचिन्तकहरुकै मायालु भोटको सहयोग मिलेको छ । लोभलाग्दो नृत्य प्रसतुत गरेर सबैको मन जित्न सफल उनी बाबाको मृत्यु हुंदापनि छमछमीमै नाँचिरहेकी थिईन ।

एक्सप्रेशनमा माहिर जजहरुबाटै प्रशंसा अनि वा..वा.. बटुलिरहेकी अभिनयमा पोख्त दिलमायालाई टाईटल जित्न धेरै भन्दा धेरै भोटको अनिवार्य खाँचो पर्नेछ । फाईनलमा शुरक्षित भएसंगै उनले भोट गर्नका लागि अअ (कउभबअभ) ण्घ लेखेर घज्ञण्ण्ढ मा पठाउन भनी भोटको समेत अपिल गरेकी छिन् ।

पुर्बेली चेली बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी दिलमाया सानै उमेर देखि नृत्य गर्न माहिर थिईन । सोराठी कलाकेन्द्र बिर्तामोड झापाकी कोरियोग्राफर र नृत्यकार समेत रहेकी उनि झापा नृत्य कलाकार संघको क्षेत्रीय कोषाध्यक्ष पनि हुन् ।

सम्बन्धित खवर