टिका थाप्न जाँदा ज्यान गयो - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टिका थाप्न जाँदा ज्यान गयो

असोज २२, २०७६ पर्वत / पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलहारमा राती खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दशैंमा टीका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइ मोटरसाइकलबाट खोला तार्ने क्रममा मंगलबार राती खोलाले बगाएर कास्कीको पोखरा महानगरपालिका वडा २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवर रहेका छन् । उनकै भाइ ३८ बर्षिय खेम कुवँर घाईते भएका हुन् ।

खोलाले मोटरसाइकल सहित दुईजनालाई बगाएको थाहा पाएपछि डिमुवा प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयले उद्दार गरेका थिए ।

खोलाले झण्डै एक किलोमिटर तल र्पुयाएको अबस्थामा उद्दार गरी उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको थियो । अस्पतालमा लक्ष्मणलाई डाक्टरले उपचारका क्रममा मृत घोषित गरेका थिए भने खेमको कुस्मा हस्पिटल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सम्बन्धित खवर