अलग अलग घटनामा दुईजनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अलग अलग घटनामा दुईजनाको मृत्यु


दमक, २२ असोज । झापामा भएको अलग–अलग घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माङसेबुङ गाँउपालिका–२ घर भई हाल झापा ईटाभट्टामा अस्थायी रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका हुन् ।

दुई अघि घरबाट एक्कासी हराएका राईको आफ्नै घर देखि करिव २०० मिटर पूर्व रहेको भुतेनी खोलाको छेउ बाँसघारीमा आज मृत अवस्थामा फेला परेका थिए ।

यसैगरि झापा जिल्लाको कमल गाँउपालिका १ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको छ । हिजो बेलुका सुत्न जादा आफ्नै १ तले घरको छतबाट एक्कासी भुँईमा बजारिदा दर्जीको मृत्यु भएको हो । दुवै घटनाका बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर