साक्थिम्गेन पान्जुम्भोले ४० औं स्थापना दिवस मनायो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साक्थिम्गेन पान्जुम्भोले ४० औं स्थापना दिवस मनायो


दमक/किरात साम्यो साक्थिम्गेन पान्जुम्भोले ४० औं स्थापना दिवस शनिबार मनाएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा पान्जुम्भोकोे स्थापना दिवस सम्पन्न भएको थियो ।

पान्जुम्भोको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अतिथिहरु माङसेबुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुधबहादुर लाओती, लिङदेन आत्मानन्द सेइङ बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देन, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य पूर्ण बहादुर कार्कीढोली, किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिका अध्यक्ष कमला आङदेम्बे, रेडियो माङसेबुङका स्टेसन प्रमुख सुमन लाओती, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय महासचिव गुल्सन आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कलाकारहरु लेखनाथ चेम्जोङ, आइन्द्र थेगिम, दिलिप माखिम लगायतको स्वागत गीतबाट सुरु गरिएको स्थापना दिवस कार्यक्रममा स्वागत मन्तव्य पान्जुम्भोका केन्द्रीय सह सचिव सुवास गुरुङ र कार्यक्रमको औचित्य पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेमले राखेका थिए ।

पान्जुम्भोका अध्यक्ष रामबहादुर थुलुङको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रम सचिव आइन्द्र थेगिमले सञ्चालन गरेका थिए । त्यसैगरि पान्जुम्भोले स्थापना दिवससँगै वार्षिक चोमेन सेवा र बैठक समेत आयोजना गरेको थियोे ।

चोमेन सेवाको क्रममा बिहीबार साक्मुरा वादेम्मा, शुक्रबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको पान्जुम्भोका सचिव थेगिमले बताए ।

सम्बन्धित खवर