यादन र पुनमको ‘चेप्टे सुन कानैमा’ सार्बजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र पुनमको ‘चेप्टे सुन कानैमा’ सार्बजनिक

आन्छुमे नसान
दमक/मौलिक गीत संगीतमा दखल राख्ने गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बु र सुमधुर आवजका धनी गायिका पुनम सुब्बा सङबाङफेको आवाज रहेको ‘चेप्टे सुन कानैमा’ गीतको म्यूजिक भिडियो युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

गीतकार सुन्दर नेम्बाङको शब्दभावहरुमा गायक यादन सेर्माकै संगीतमा तयार भएको पुर्वेली लोकभाकामा संगीत संयोजन भने चन्दु गोर्खालीले गरेका छन् ।

पछिल्लो समय म्यूजिक भिडियो तथा मौलिक चलचित्रहरुमा अभिनय गर्न निकै व्यस्त रहेका मोडल विशाल सेनेहाङ र मोडल चेसुङ चेम्जोङको अभिनय रहेको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।

मेघराज मगरातीको छाँयाकन, ड्रोन तथा सम्पादन रहेको भिडियोमा दिब्या रोक्काको शृङ्गार र बिक्रम वनेम फागोले निर्देशन गरेका छन् ।

सम्बन्धित खवर