धर्म आत्माबाट बुझ्नु पर्छ - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्म आत्माबाट बुझ्नु पर्छ


त्यसैले अहंकार, क्रोध, घमण्डबाट तपाईहरु टाढिनु प¥यो । सत् विचार सत्तमार्गमा हिंड्नोस र आफ्नो भाषा, साहित्य, धर्मको खोजी गर्नुहोस् । ज्ञानको तत्व खोज्नुहोस । धर्म भनेको भित्र आत्माबाट बुझ्नु सक्नुपर्छ । हाम्रो शरीर तागेरा निङ्वाभूमाङको हो । मनमा अहिले सम्झिन्छौं, अहिले जान्छ, अहिले त्यहाँ पुग्छ । त्यसको नाम तागेरा निङ्वाभू माङ हो । तागेरा निङ्वाभूमाङको सृष्टि भएकोले हामीले हाम्रो आत्मामा असल कुरा मात्र राख्नुपर्छ ।

तपाईहरुलाई घरी घरी बोलाएर निर्देशन दिने गरिएको छ । यो तपाईहरुकै निम्ति हो । किनभने समाजमा जुन कुरीति, कुसंस्कार छ त्यसलाई छोड्नुपर्छ । इष्ट देवता माङ्हाङ् मान्ने परम्परा छ । माङ भनेको ईश्वर हो । माङको सेवा, हाङको सेवा गर्दा रक्तपात गर्नु हुँदैन, जीव हत्या गर्नु हुँदैन । हामीले जीव हत्या ग¥यौं भने कहिल्यै पार तरिन्दैन । अरुलाई अपराध चिताउनु हुँदैन र जर्बजस्ती आईलाग्यो भने भाग्नु पनि हुँदैन । सबैप्रति माया राख्नुपर्छ । दया राख्नुपर्छ । प्रेमभाव राख्नुपर्छ, सद्भाव राख्नुपर्छ । यो चलन सिक्नोस् । हामी धर्म त मान्न चाहन्छौं तर धर्म मान्ने तरिकाहरु जानेका छैनौं । के गर्दा धर्म र के गर्दा पाप हुन्छ । पहिचान गर्न सक्नुपर्छ । हामीले मृत्यु कार्यमा जीव हत्या गरेर शुद्ध संख्ये गर्ने चलन छोड्नु पर्छ । हामीले फूल अक्षता राखेर साम्जिक मुन्धुमको मन्त्र वाचन गरेर मुक्ति दिनुपर्छ ।

विवाह गर्दा राँगा, सँुगुर काट्नु हुँदैन, धेरै खर्च गर्नु हुँदैन । हाम्रोमा कस्तो अहंकार छ भने म त धेरै गर्छु । मेरो इष्टमित्रहरुलाई धेरै ख्वाएर खुशी पार्छु भन्ने छ । तर, हाम्रो समाजमा धेरै ख्वाएर उ खुशी हुँदैन । जति खुवाए पनि खुशी हुँदैन । एक चोक्टा पुगेन भन्दै गरेको हुन्छ । त्यसैले राँगा, खसी काटेर विवाह गर्ने चलनलाई छोड्नुपर्छ । फूल फलेदोसँग विवाह लगन गर्ने मुन्धुम पढेर माङसेवा गरी आशिर्वाद मागी दिंदा काफी पुग्छ । हाम्रो समाजमा राँगा काटेर ऋण पर्छन्, बोलाएकाहरु पनि सन्तुष्ट हुँदैनन् । हाम्रो समाजमा राक्षसी संस्कार छ जसबाट टाढा हुनुहोस् । सात्विक संस्कार पक्डिनु होस । गच्छे अनुसारको संस्कार गर्नुहोस् । हामी कुसंस्कारमा डुबेर बसेका छौं । यसैको लागि व्युझाउने काम, घच्घचाउने काम घरी घरी गरिराखेको छु ।

विवाहको लगन गर्दा भोगी रीतमा एक जोडी कुखुरा चाहिन्छ । त्यसले दुनियाँमा भएको फोहोर मैला जम्मा गरेर खाएको हुन्छ अनि त्यहीँ नै फेदाङबाले लगन खःमा त गर्ने प¥यो । हाम्रो मुन्धुमले दिए कै हो । लगन खःमा गरेपछि त्यसको ढाडमा कुटिन्छ, कुटेपछि त्यसले छाद्छ । वाबक्वा च्वा भन्छ, त्यसमा दिसा पिसाव सबै छाद्छ र त्यो बेहुला बेहुलीलाई खुवाउँछन् । हामीले हाम्रो आफ्नो दिसा खान्छौं । र, हाम्रो दिमागमा प्रतिदिन अध्याँरोले छोपेर लगेको हुनाले ठूला ठूला युग पुरुष, मुहिङ्गुम अङ्सीमाङहरुले यो कर्म नगर्नु भनेर मनुष्य जातिमा चेतना आवोस् भनेर दिन प्रतिदिन ज्ञान दिइरहेको हुन्छ । मैले पनि त्यहीँनै तपाईहरुलाई सजिलो प्रकारले दिन खोजेको हुँ ।

कुन ईश्वर मान्छौं भन्दा युमा साम, थेबासाम, सुम्निमा–पारुहाङ मान्छौं भन्छौं भन्दा काफी पुग्छ । हाम्रो इष्ट देवता त्यो हो । हाम्रो मुन्धुमले युमासाम, थेबासाम थेप्मा भन्छ त्यो थेम्मा गर्दा भोगी रीतमा सँुगुर चाहिन्छ । पाइखाना हुँदैन, त्यसले फोहोर मैला खाएको हुन्छ, थुतुना धुन लाउँछ । एकछिन सफा गर्न लाउँछ अनि भरै पूजाको नाममा लहै आदाङ्मे भनेर चढाउने हाम्रो चलन छ । यिनीहरुलाई हामीले सुधार्नु पर्छ । त्यसको बदला फूल फलेदो, नैवेध, धुपवत्तिले युमा साम्माङ, थेबा साम्माङ, हिम माङलाई पूजा गर्नुपर्छ । रक्तपातबाट मुक्ति हुनुपर्छ । यो हामी सबैले छोड्यौं भने विकास भएर आउँछ, स्वर्गमा आफसेआफ पुग्छौं ।

हाम्रो विजुवा, फेजुकेन फेदाङबा, साम्बा, मुन्धुमसाँबा माङपाहरुलाई म के अनुरोध गर्छु भने तपाईहरुको थानमानमा सुँगुर नकाट्नोस, कुखुरा नकाट्नोस त्यसको साटो फूल फलेदोले चिन्ता गर्नोस् ।

क्रमशः ………….

सम्बन्धित खवर