नगर स्वास्थ्य सुरक्षा अन्र्तगत के.एच.डि. सि. निशुल्क स्वास्थ्य कार्यक्रम हुँदै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नगर स्वास्थ्य सुरक्षा अन्र्तगत के.एच.डि. सि. निशुल्क स्वास्थ्य कार्यक्रम हुँदै

  डिल्लीश्वर मुसाहाङ् अम्याङ्सा
२०७६ कात्तिक १ दमक/ दमक नगर स्वास्थ्य सुरक्षा अन्तर्गत के. एच. डि. स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ ।

नगरपालिकाको आयोजना र वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विशेषज्ञ चिकित्सक टोलीको सहयोग साथै नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राविधिक सहयोगमा दमक नगरपालिका स्वास्थ्य कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको भवनमा यही कातिक ३ गतेबाट संचालन हुने आज दमकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

वि. पि. प्रतिष्ठान धरानको बिशेषज्ञ, के.एच.डि. सि. नेपाल, दमक नगरपालिकाको सहयोग ब्यवस्थापन नगरपालिका क्षेत्र तथा वरपरका आसपासका गाउँपालिकाबासीमा बिशेष गरी न्यून आय तथा सिमान्तकृत समुदाय, आदिबासी जनजाती, दलित लगायत सम्पूर्ण नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण नगर स्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत स्वास्थ्य जोखिमतालाई न्यूनिकरण गर्नका लागि वि. पि. स्वास्थ्य प्रतिष्ठान धरानका प्रा.डा. संजिब कुमार शर्माको नेतृत्वमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार सञ्चालन हुने उक्त कार्यक्रम बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका उप कुलपति प्रा.डा.गुरु खनालबाट समुद्घाटन हुने नगर प्रमुख रोमनाथ ओलीले बताए ।

के.एच.डि.सि. स्वास्थ्य कार्यक्रममा दमक नगरपालिका, वि. पि. प्रतिष्ठान धरानको सहयोग साथै नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न हुने दमक नगर उप प्रमुख गीता अधिकारीले बताइन ।

सम्बन्धित खवर