लोक गायक थेगिमलाई प्रवासी संजालको नेतृत्वमा २ लाख बढी सहयोग प्रदान - Mangsebung News
  • शुक्रबार, साउन ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोक गायक थेगिमलाई प्रवासी संजालको नेतृत्वमा २ लाख बढी सहयोग प्रदान

चेतन आङथुप्पो

२०७६ कार्तिक २ इलाम / इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा नं. ३ निवासी मोहन थेगिमलाई उपचारार्थ सहयोगको लागि आज “प्रवासी संजाल चुलाचुली “इलामको नेतृत्वमा २ लाख बढी सहयोग हस्तान्तरण गरेको छ ।

 

एकैसाथ अल्सर, मृगौला, फोक्स लगायत रोगले तीन महिना अघिदेखि बिरामी भएको खबर मिडियामा आएपछि, हाम्रो विकास हाम्रो नाम, गाउँको विकास हाम्रो शान नारा रहेको प्रवासी संजाल चुलाचुली पेल्टिमारी इलामले “मोहन थेगिम बचाउ अभियान“ सुरू गरेको थियो ।

 

विराटनगर नोवल हस्पिटलबाट रेफर भएको मोहन थेगिमको उपचारार्थ अहिले धरानको बिपि कोईराला विज्ञान प्रतिष्ठान अस्पताल (घोपा) मा भईरहेको छ । संजालको उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ, सचिव छत्र कुमार राई, कोषाध्यक्ष बुद्वमाया राईद्वारा स्वयम् विरामी थेगिमलाई १ लाख ११ हजार १ सय रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

 

प्रवासी संजाल चुलाचुलीको सचिव छत्र कुमार चाम्लिङले भने, आर्थिक रूपले विपन्न थेगिम बचाउ अभियानलाई सफल पार्न प्रवासमा छरिएर रहनु भएको प्रवासी संजालका सदस्यहरू विशेष गरी स्मार्ट ज्वलेरी कतारलाई विशेष धन्यवाद मिडिया मार्फत भन्न चाहान्छु ।

त्यस्तैगरी, चुलाचुली गाउँपालिका वडा नं. ३ अवस्थित विभिन्न टोलबाट संकलन गरिएको २० हजार ९ सय १६ रूपैयाँ र मलेसियाबाट क्रमशः मनी कुमार योङ्हाङको नेतृत्वबाट ४५ हजार ७ सय ३० रूपैयाँ र दिलीप लावतीको नेतृत्वबाट ३३ हजार १ सय ८५ रूपैयाँ गरी जम्मा १ लाख ८ सय ८६ रूपैयाँ नगद उक्त वडाका शिवओरक टोल समितिका अध्यक्ष पुष्प आङदेम्बेद्वारा थेगिमलाई हस्तान्तरण गरिएको थियो ।

 

पुर्वेली लोक गायक मोहन थेगिमको उपचारार्थ विविध माध्यमबाट सहयोग संकलन आजको मिति सम्म ४ लाख रहेको छ भने, अहिलेसम्म भइसकेको खर्च ७ लाख पुगेको विरामीको परिवारले जानकारी गराएका छन् । अहिलेसम्म अल्सरको शल्यक्रिया गरिएको छ भने, फोक्सो, मृगौलाको समस्यामा सामान्य सुधार आइरहेको स्वयम् विरामले वताएका छन् ।

 

थेगिमको स्वास्थ बारे बुझ्न र स्वास्थ लाभको कामना गर्ने चुलाचुली गाउँपालिका वडा नं.३ वडा अध्यक्ष नरबहादुर लावती र नेपाली काँग्रेस तरूण दलका क्षेत्रीय सभापति राजेन्द्र केरूङ समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर