बाईकको ठक्करबाट ४२ बर्षीय दंगालको मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाईकको ठक्करबाट ४२ बर्षीय दंगालको मृत्यु

२०७६ कात्तिक ५, दमक / दुधे–शिवगञ्ज भित्री सडकमा एक पैदलयात्रीको मोटर साईकलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–३ का ४२ वर्षीय इन्द्रप्रसाद दंगाल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुधे–शिवगञ्ज भित्री सडकमा सोमबार साँझ दुधेबाट शिवगन्जतर्फ जाँदै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाइकलले पैदलयात्री दंगाललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका दंगाललाई उपचारका अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक शिवसताक्षी–७ का २१ वर्षीय रेमबहादुर बानियाँ रहेको र चालक बानियाँलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

सम्बन्धित खवर