आफ्नै बुबाको हत्यारा छोरा २० बर्षपछि पक्राउ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आफ्नै बुबाको हत्यारा छोरा २० बर्षपछि पक्राउ


२०७६ कात्तिक ५, काठमाडौं / आफ्नै बुबालाई धारिलो हतियार प्रहार गरेर फरार रहेका आरोपित रनबहादुर पक्राउ परेका छन् ।

२० वर्षअघि काभ्रेको साबिक स्यामपाटी–६ बिमिरे गाउँमा धमैसिंह तामाङको हत्या गरेको आरोपमा छोरा रनबहादुर पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई चोभारबाट पक्राउ गरेको हो ।
ब्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार घटना पश्चात फरार रहेका तामाङ भागेर वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए ।

कुवेतबाट फर्किएर वास्तविक परिचय लुकाउदै विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा उनी पक्राउ परेको र थप अनुसन्धान भईरहेको पाण्डेले बताए ।

सम्बन्धित खवर