पार्टी समायोजन तिब्रता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पार्टी समायोजन तिब्रता

पदम दुखी सम्बाहाम्फे
२०७६ कात्र्तिक ६/ पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिकामा नयाँशक्ती पार्टी र समाजबादी पार्टी बीच पार्टी समायोजन भएको छ ।

प्रेमराज लावती र लिम्बू भाषाबिद एहाङ लावतीको प्रमुख आथित्थ्यतामा समाजबादी पार्टीको जिल्ला कार्यालय फिदिममा एक समारोह बीच समायोजन आयोजना भएको हो ।

जिल्ला, नगर, गाउँ, टोल र बस्तीमा समाजबादी पार्टीको सिद्धान्त र मूल मर्मलाई सशक्त रूपमा जनउपयोगी र परिवर्तनशील बनाउन सबै नेपाली जनता एकजुट भएर लागि पर्नुपर्ने कुरा कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा नयाँशक्ती पार्टी सदस्य हेम जबेगु, उपकुलपति राजेन्द्र जबेगु, समाजबादी पार्टी लेखा समितिका केन्द्रिय सदस्य दिलेन्द्र कुरुम्बङ, जिल्ला अध्यक्ष लक्षमण लावती, नगर इन्चार्ज भावना इङ्वा, जिल्ला सचिव हरिराज लोवा, समाजबादी जिल्ला महिला संघ अध्यक्ष धनकुमारी कन्दङ्वा, राजकुमारी यक्पाङ्देन, गणेश तुम्रोक लगायतका बक्ताहरुले समाजबादी पार्टीको भाबी रणनीतिका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

उक्त समायोजन कार्यक्रम सन्तोष तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर