विश्व शान्ति, मानव एकता, विश्व प्राणी जगतका लागि सेन्छेई फक्ताङलुङ देव स्थलमा हप्ता दिन लामो ऐतिहासिक सेवा सुरु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व शान्ति, मानव एकता, विश्व प्राणी जगतका लागि सेन्छेई फक्ताङलुङ देव स्थलमा हप्ता दिन लामो ऐतिहासिक सेवा सुरु

फक्ताङलुङ सेवामा गुरुज्यू

सङ्सेमी माङयुङ
२०७६ कार्तिक ७, बिहीबार, दमक किरात धर्म गुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिइगुम अङसिमामाङ साँवा पबित्रहाङमा लिङदेन पबित्र तिर्थस्थल फक्ताङलुङ तर्फ हवाई मार्गबाट प्रस्थान गर्नुभएको छ ।

सावायेहाङ किरातका साथै विश्व शान्ति, मानव एकता, विश्व प्राणी जगतका लागि सेन्छेई फक्ताङलुङ जस्तो पवित्र देव स्थलमा हप्ता दिन लामो सेवा सुरु भईसकेको त्यहाँ स्थित हाम्रा सम्बाददाता प्रविण सेलिङले जानकारी दिएका छन् ।

  फक्ताङलुङ प्रस्थान पूर्व सेवा समारोह

विश्वमा प्रकृति विनाश र द्वन्द्वका कारण भयावह बन्दै गईरहेको अवस्थामा सकल प्राणीको रक्षार्थ किरात धर्म गुरु, गुरुमाको शान्तिको चिन्तालाई प्राथमिकताका साथ गुरुपरिवारको देव इच्छा बमोजिम बिश्व शान्ति, अहिंसा र मानव एकताको लागि फक्ताङलुङमा येतलाधुङ नामधुङसेमी सेवा सिमिक्लुङ सेवा, सावायेहाङ मेन्छाम्गेन नाम्याप्मीसाको सेवा भइरहेको हो । सेवाका साथै तिर्थयात्रीहरुको आश्रय भवन र गुरुपरिवार आश्रमको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।

सेवामा जानु पुर्व घरमा तयारी गर्नुहुँदै गुरु तथा सपरिवार

विशेषत किरात धार्मिक भक्तजनहरु सदाको वर्षझै यस वर्षपनि पान्थर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, काठमाडौ, र विदेशबाट सिक्किम, दार्जिलिङ, आसाम, भुटान लगायत विभिन्न ठाँउबाट हजारौं भक्तजनले फक्ताङलुङको तिर्थ भ्रमण रहेका छन ।

यात्रा तयारी सिम्रिक एयर

वर्षेनी पबित्र तिर्थस्थलको रुपमा तिर्थभ्रमण गर्ने फक्ताङलुङलाई किरात धर्मदर्शन अनुसार ऐतिहासिक तथा मुन्धुममा समेत उल्लेख भएका स्थलहरु र शक्तिपिठहरु रहेकोले उच्च धार्मिक बिस्वास रहेको छ जहाँ किरातहरुले मान्ने इष्टदेबी युमामाङको उत्पतिसंगै युमाले खेलेको, बसेको र सेवा पुजा गरेको स्थानहरु भएकोले किरात समुदायको जनविश्वास र त्यहाँ सेवा भक्ति गर्नाले पुण्य प्राप्ति हुने भन्ने मान्याता स्थापित हुँदै गएको किरात धर्मावलम्बी भक्तजनहरुको विश्वास रही आएको छ ।

सम्बन्धित खवर