फायरलाईन सडकको निर्माण समिति गठन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फायरलाईन सडकको निर्माण समिति गठन

दिल कुमार लाओती

२०७६ कार्तिक ८ दमक / फायरलाईन भनेर चिनिएको दमक देखि कमल चुलाचुली हुँदै सतासीधाम सम्म जोडिने १३ किलोमिटर सडक निर्माण गर्न पुर्व नापी अधिकृत डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको एक भेलाले ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

 

दमक १ मा बन्दै गरेको रतुवा पुलबाट पर्यटनको सम्भावना बोकेको इलाम र झापाको सिमाना जोडिने विगतमा फायरलाईन भनेर कहलिएको उक्त सडकलाई आर्थिक बर्ष ०७६÷०७७ को संघीय संसदीय निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको कोषबाट वर्तमान सम्माननीय प्रधानमन्त्री केपी सर्मा ओलीको झापा क्षेत्र नं. ५ र पूर्व सभामूख सुवासचन्द्र नेम्बाङको इलाम क्षेत्र २ बाट ५०÷५० लाखका दरले १ करोड रुपैंया सडक डिपिआर गर्नलाई माग गर्न स्थानीय निकायहरुमा सिफारिस गरी काम अगाडि बढाउने नव गठित समितिले बताएको छ ।

 

पटक–पटक सडक निर्माणको लागि पहल गरिएतापनि उक्त बाटो ओझेलमा पारिएको तर आज लामो सकसपछि सडक निर्माण गर्नलाई सबै स्थानीय तहका राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिवी र सरोकारवालाहरुको भेलाले समिति गठन गर्न सफल भएको दमकका समाजसेवी वीरसिं धिमालले बताए ।

 

पर्यटनको सम्भावना बोकेको सो सडकले विशेषत चुलाचुली गाउँपालिका प्रत्यक्ष लाभान्वित हुने र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समितिका अध्यक्ष डिल्ली कुमार लिम्बुले बताए ।

 

उक्त भेलाले समितिको उपाध्यक्षमा उमेश तुम्रोक, सचिव हरि प्रसाद चम्लागाई, सह–सचिव विपीन योङ्या, कोषाध्यक्ष मिना पाण्डे, सदस्यहरुमा क्रमशः मोहन तुम्रोक, नरेश माङ्मु, रुपा नेम्बाङ, आईतहाङ सम्बाहाङ्फे, माया मगर र रंगलाल तिम्सीना चयन गरेको छ ।

सम्बन्धित खवर