नेकपा र समाजवादीका सयौं कार्यकर्ता लिम्बुवानमा प्रवेश - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा र समाजवादीका सयौं कार्यकर्ता लिम्बुवानमा प्रवेश


२०७६ कात्र्तिक १० इटहरी संघीय लिम्बुवान मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको आयोजनामा वृहत लिम्बुवान प्रवेश कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा इटहरीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष भरतमान थामी लगायत एकसय बढीको संख्यामा नेकपा र समाजवादी पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गरेका छन् । थामी समाजवादी पार्टी परित्याग गर्दै संघीय मञ्चमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नव प्रवेशीहरुलाई खदा र अविर लगाई प्रमुख अतिथि तथा अध्यक्ष लिङ्देनले स्वागत गर्नुभएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले –‘पहिचानमा आधारित दलहरु विसर्जनवादी कित्तामा उभिएको, पद र शक्तिको पछि लागेर संघीयतालाईनै कमजोर पारेको वताएका छन् ।’ आफूलाई पहिचानवादी हुँ पनि भन्ने अनि सरकार र सत्ताको पछि लागेर दश प्लस एक को आन्दोलनलाई नै धरापमा परेको लिङ्देनले आरोप लगाएका छन् ।’ ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा यो सम्बद्ध १०ं१ प्रान्तीय मञ्चहरु पूर्वको लिम्बुवानदेखि पश्चिम खसानसम्म अब एक ढिक्का भएर अगाडि बढिसकेको देशको एक मात्र संघीय पार्टी भएको अध्यक्ष लिङ्देनले बताएका छन् ।


पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टीबाट पुनम सुब्बा, अमृता थामी, गोमा थामी, सुस्मा थामी, शिला जिमी, इन्दीरा बोहोरा, इन्दीरा थामी, अनिता मगर, दिल बहादुर मगर, कमल लिम्बु, अशोक थामी, विक्रम थामी, स्नेह भण्डारी, सरीता राई, चुनु साम्पाङ राई, देवसिंह लिम्बु, खडक चेम्जोङ, आशिष राजवंशी, नासीर, मोदीन, रवन, शाकिन, समसाद, जस्कीर, विरेन यौं, मोहमद, मो. सासीव, मो. मावन, डुब नारायण चौधरी, कुमार वि.क., कम्ली चौधरी, सानु लिम्बु, रुपा लिम्बु, प्रेम कुमार राई, सविता कार्की, मनिता राई, सुस्मा थामी, गोमा थामी, पुनम सुब्बा, धन बहादुर गुरुङ, रमेश लिम्बु, भक्त मगर, सुकमाया लिम्बु, बबिता श्रेष्ठ, देउमाया तुम्बापो, हेमराज धिमाल, धनमाया मगर, मुना मगर, कुमारी माया लिम्बु, बसन्ती मगर, कुमार राई, सुजन सुनुवार, सुवास लिम्बु, सुमन लिम्बु, सल बहादुर राई, सरीता सुनुवार, कमल सूब्बा र मदन लिम्बु रहनुभएको छ ।


त्यसैगरी नेकपा पार्टी परित्याग गरी लिम्बुवान मञ्चमा प्रवेश गर्नुहुनेहरुमा क्रमशः गुनाई सदा दास, मटरु ऋषिदेव (सदा), कस्लु सदा, मुनाई सदा, कपलेश्वर सदा, मकुम ऋषिदेव, रामदेव ऋषिदेव, तुनाई सुदा, सटर ऋषिदेव, सामफल सदा, परदेशी ऋषिदेव, महेन्द्र सदा, संगीता ऋषिदेव, अञ्जली ऋषिदेव लगायत रहनुभएको छ ।

कार्यक्रममा लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव अशोक चेम्जोङ्, उपमहासचिव दिल कुमार लावती, केन्द्रीय सदस्य टिका ढुंगेल, चन्द्र लिम्बु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन इटहर उपमहानगर सचिव पदम तामाङ् र सभाध्यक्ष का.वा. इटहरी अध्यक्ष मनोहर थलङ्ले गर्नुभएको थियो ।

सम्बन्धित खवर