शब्दखिमको सम्मान र पुरस्कार शिवशंकर, दुर्गा र प्रकाशलाई - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शब्दखिमको सम्मान र पुरस्कार शिवशंकर, दुर्गा र प्रकाशलाई


२०७६ कात्र्तिक ११ दमक / साहित्य र संगीतमा समर्पित शब्द खिमको आयोजनामा कात्र्तिक ९ गते शनिबार झापाको धरमपुरमा सष्ट्रा सम्मान तथा शरद विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

शब्दखिम झापाले आयोजना गरेको सम्मान कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापालाई मनशोभा रुछेन्बुङ स्मृति संगीत पुरस्कार र चलचित्रकर्मी एवं निर्देशक दुर्गा नेम्वाङलाइ रत्न बहादुर चाम्लिङ स्मृति कला पुरस्कारले सम्मानित गरिएको छ । दुईटा फूल देउरालीमा, भन्थिन मेरी उनी, मेरो पाइला नटेकि दिनु जस्ता सुन्दर गीत लेख्ने र सरल रुपमा काब्यिक सृजना गर्ने स्रष्टा नेपाली गीतसंगीतमा लामो समय योगदान दिएको भन्दै वरिष्ठ गीतकार शिवशंकर थापालाई सो पुरस्कार प्रदान गरिएको हो । यस्तै दुर्गा नेम्वाङलाई देउमाइको किनारमा, नुमाफुङ, माझीदाई जस्ता चलचित्रमा अभिनय तथा सहायक निर्देशन गर्दै नेपाली सिने जगतमा दिएको योगदान बापत सो पुरस्कार प्रदान गरिएको हो ।


त्यस्तै नेपाली साहित्य तथा पत्रकारितामा योगदान दिए पावत नयाँ अनलाईनकर्मी एवं कवि प्रकाश दिप्साली राईलाई रघुविर राई स्मृति साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत तथा सम्मानीत ब्यक्तिहरुमो संक्षिप्त जीवनी समालोचक मुनाराज शेर्मा, कवि धर्मेन्द्र नेम्बाङ र आख्यानकार श्याम सिंघकले क्रमश वाचन गरेका थिए ।

सम्मानित तथा पुरस्कृत ब्यक्तिहरुलाई प्रमुख अतिथि आख्यानकार कृष्ण बरालले सम्मान सहित तीन हजार नगद प्रदान गरे । गीतकारले गीत लेखिसके पछि गायक सदाबहार हुने तर गीतकार गुमनाम हुनुपर्ने सम्मान पश्चात बोल्दै गीतकार शीवशंकर थापाले तितो यथार्थ सुनाए । साथै अबका नयाँ पुस्ताले पुरानै ढंगले गीत लेख्न नहुने बताउँदै समय सापेक्ष र फरक तरिकाले लेख्नु पर्ने बताए । अर्का सम्मानित चलचित्रकर्मी दुर्गा नेम्बाङले आफुलाई यो पुरस्कारले थप जिम्मेवारी बनाएको र आफु यसमा धेरै खुशी रहेको बताए ।


शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा जनम थुलुङले केही फाल्टो र आफ्नो एल्बम दृष्यको गीतहरू प्रस्तुत गरे । यस्तै जीवन साम्पाङ, विजय दंगाल, बाल गायक जचपुन राईले सुमधुर गीतहरू प्रस्तुत गरेका थिए भने नृत्यकार कविता चाम्लिङ राईले सुन्दर नृत्यहरू प्रस्तुति रहेको भब्य कार्यक्रमलाई जितेन मुस्कानले सञ्चालन गरेका थिए भने सभाध्यक्ष शब्द खिमका अध्यक्ष बिराट किरातीको रहेको थियो ।

सम्बन्धित खवर