लक्ष्मीकोे ‘छुइ पकन्दी’ सार्वजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक्ष्मीकोे ‘छुइ पकन्दी’ सार्वजनिक

आन्छुमे नसान
दमक/गायिका लक्ष्मी योङ्हाङको स्वरमा सजिएको ‘छुइ पकन्दी’ बोलको लिम्बु गीतको भिडियो युट्यूव मार्फत सार्वजनिक भएको छ ।

नायिका समेत रहेकी लक्ष्मीले धेरै गीत गाउनुका साथै म्युजिक भिडियोहरुमा अभिनय गरेकि छन् । उनी लिम्बु चलचित्र ‘केसाङ्ला’का नायिका समेत रहेकी छन् ।

गीतकार हर्कबहादुर योङ्हाङ लिम्बुले लेखेको ‘छुई पक्कन्दी‘’लाई विकास चौधरीले संगीत भरेका छन् ।

इसाक जबेगुको निर्देशन रहेको म्युजिक भिडियोमा लक्ष्मी आफै र नायक रुद्र पाहिमले अभिनय गरेका छन् । नायक पाहिमले चलचित्र ‘अदालत’मा अभिनय गरेका छन् ।

भिडियोलाई इशक जबेगुले छायांकन तथा सम्पादन समेत गरेका छन् । भिडियो लक्ष्मी योङहाङको आफ्नै च्यानलमार्फत सार्वजानिक गरिएको हो ।

https://www.youtube.com/watch?v=ySUrZ0ElMdg

सम्बन्धित खवर