फाल्गुनन्द १३५औ जन्मजयन्तीको सम्पुर्ण तयारी पूरा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द १३५औ जन्मजयन्तीको सम्पुर्ण तयारी पूरा


सङसेमी माङयुङ
कार्तिक २४ आइतबार, दमक किरात धर्म दर्शनदाता तथा समाजसुधारक मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको १३५औ जन्मजयन्ती समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

कात्तिक २५ गते सोमबारका दिन महागुरु फाल्गुनन्द लिङदेनको पुनर अवतारको रुपमा मानिन्दै आएका बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँवा पबित्रहाङमा लिङदेनहरुको देव सवार हुने किरात हाङसाम थोपेचम्मा माङहिम मिक्लाजुङ गाउँपालिका कुरुम्बा पाँचथर र किरातेस्वोर हाङसाम माङहिम मिक्लाजुङ गाउँपालिका टाँडी धोबेनी, मोरङमा भने मुख्य केन्द्रीय कार्यक्रमको रुपमा महागुरुको जन्मजयन्ती मनाउने भएको छ ।

किरातेस्वोर हाङसाम माङहिम टाँडी, मोरङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको सवारमा प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ । आयोजकका अनुसार महागुरु फाल्गुनन्दको पुर्ण कदको शालिक अनावरण, येत्नामधुङ लाधुङसेमी सेवा र साँझ सांस्कृतिक, सांगीतिक कार्यक्रम समेत हुनेछ । यी सबैको ब्वस्थापन तयारी सकिएको आयोजक अध्यक्ष सुक्रध्वोज सङ्मीले बताएका छन् ।

यसरीनै किरात हाङसाम थोपेचम्मा माङहिम कुरुम्बा, पान्थरमा भने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको सवारमा प्रदेश न. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख आतिथ्मा कार्यक्रम हुनेछ । सो कार्यक्रममा पनि महागुरु फाल्गुनन्दको शालिक अनावरण, येत्नामधुङ लाधुङसेमी सेवा र सांस्कृतिक, सांगीतिक हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको समारोह अध्यक्ष टिकाराम लाओतीले बताएका छन् । यसका अलावा विभिन्न गाउँ, क्षेत्रमा रहेका माङहिमहरु र विश्वको विभिन्न मुलुकहरु भारत, हङकङ, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, म्यानमार, साउदी अरव, कतार, मलेसिया, युएई लगायत सयौ मुलुकहरुमा महागुरुको जन्म जयन्ती भव्य रुपमा किरात धर्मावलम्बीहरुले मनाउने गरेका छन् ।

विकृति विसंगतिमा जेलिएका किरात समाज उत्थानको लागि महागुरु फाल्गुनन्दले लिम्बुवानमा सत्य धर्म मुचुल्का जस्तो महाचुम्लुङ गरी धार्मिक, सामाजिक सुधारका अभियान चलाएका थिए । किरात भाषा, लिपि, सांस्कृतिक उत्थानका लागि आजीवन लागिरहे । यस्तो सत् कर्मले गर्दा महागुरु फाल्गुनन्दको लाखौं लाख अनुयायी बनेका छन् । संसारभरी छरिएर रहेका अनुयायीहरुले फाल्गुनन्दको जन्मदिन कात्तिक २५ गतेलाई महागुरु फाल्गुनन्द जन्मजयन्ती किरात पर्वको रुपमा हर्षोउल्लासको साथ मनाउने गरेका छन् ।

सम्बन्धित खवर