राम लिम्बूलाई जीताउन भोटिङ अभियान शुरु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राम लिम्बूलाई जीताउन भोटिङ अभियान शुरु

आन्छुमे नसान
दमक / हिमालयन एच. डी. टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार साँझ ८ बजेदेखि प्रसारित लोकप्रिय सिङगिङ रियालिटि सो द भ्वाईस अफ नेपाल सिजन २ को लाईभ राउण्डका (टप १२) प्रतिस्पर्थी राम लिम्बू लाई जिताउन झापाबाट भोटिङ अभियान शुरु भएको छ ।

टीम प्रमोद खरेलको टप ३ प्रतिस्पर्धीहरुमध्ये बलियो र मुख्य दाबेदारको रुपमा मानिएका राम लिम्बुलाई जिताउन परिवारजनबाट काका हर्क वनेम फागो र भाई लक्षमन वनेम फागो लिम्बु लगायत आफन्तजनहरु भोट माग्ने क्रममा आईतबार झापाको दमकमा आईपुगेका थिए ।

शुक्रबारबाट भोटिङ राउण्ड शुरुभएसंगै राम लिम्बुको भोटिङको लागि दमक बजार क्षेत्र लगायत झापाको मुख्य चोकहरुमा, कार्यक्रम संयोजन गरिदिने योजना रहेको सामाजिक अभियान्ता विक्रम फागो वनेमले वताएका छन् ।

राम लिम्बुलाई जिताउन भोटिङ कोड ०८ टाईप गरी नेपालका लागि ३७०००, भारतका लागि
५३०१०, कतारका लागि ९२३०० मा सेण्ड गर्न आग्रह समेत गरेका छन् । त्यसैगरी प्रभु एप डाउण्डलोड गरी देश तथा बिदेशबाट समेत भोट गर्न अपिल गरेका छन् ।

सम्बन्धित खवर