किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्षमा तुम्बापो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्षमा तुम्बापो

दमक / किरात धर्म साहित्य उत्थान संघ राष्ट्रीय समिति मलेसियाको कात्र्तिक २५ (नभेम्बर २२) मा सम्पन्न भेलाले पुर्ण तुम्बापोको अध्यक्षतामा नव कार्य समिति चयन गरेको छ ।

महागुरु फाल्गुनन्द १३५औं जन्मजयन्ती समारोहको भब्य सफलतापछि आयोजित महाधिवेशनमा संघको निवर्तमान अध्यक्ष दिल कुमार केरुङको अध्यक्षतामा सम्पन्न भेलाबाट उपाध्यक्षमा हर्क आङदेम्बे, महासचिवमा, हेमराज योङहाङ, सचिबमा गुरूहाङ सेर्मा र कोषाध्यक्षमा धन कुमार योङहाङ चयन भएका छन् ।

सदस्यहरूमा क्रमशः अनिल योङहाङ, बिक्रम काम्बाङ, गणेश कुमार फत्र, बिक्रम लिम्बु, धन राज नेम्बाङ, भिम नेम्बाङ,
अरुण चेम्जोङ, कृष्ण मगर, मोहन सेर्मा, कालुराम थेगिम, बिकेन्द्र लावती, आईत लावती, भाङबीर आङदेम्बे, सुरेन्द्र आङथुपो लिम्बु, रबिन आङदेम्बे, कुशल नेम्बाङ, माङसेहाङ लावती, फौदराज लावती, धन ब. सेन्दाङ, सोम आङबुहाङ, सुकबिर नेम्बाङ र मचिन्द्र नेम्बाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सल्लाहकारमा भक्त योङहाङ र संरक्षक मा दिलकुमार केरुङ रहेका छन् ।

सम्बन्धित खवर