दिनेशद्वारा निर्देशित ‘चाँगेनु तेम्बे सङबोसुम्दो’ सार्वजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशद्वारा निर्देशित ‘चाँगेनु तेम्बे सङबोसुम्दो’ सार्वजनिक

आन्छुमे नसान

दमक/बहुसंस्कृतिमुलक कोरियोग्राफिमा माहिर लोकप्रिय निर्देशक दिनेश माङमु लिम्बुको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित ‘चाँगेनु तेम्बे सङबोसुम्दो’ बोलको पालाम भाकाको भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

गायक दिवस पयाङगु र चर्चित गायिका मनु नेम्बाङको आवाज रहेको पालामलाई यासेली योङहाङले शब्द सृजना गरेका हुन । गायक स्वेमको संगीत रहेको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लिम्बू संस्कृति झल्किने धाननाँचका दृश्यहरु समाबेश गरिएको भिडियोमा दिवस पयाङगु, कल्पना चोङबाङ र थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक माङमुको तारिफयोग्य निर्देशनमा तयार भएको भिडियोलाई मोती सिग्देलले खिचेका हुन् । सुमित्रा लिम्बुको श्रृङ्गार रहेको भिडियो प्रकाश एसकेले सम्पादन गरेका छन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको पालाम गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सोले गरेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर