अर्जुनधारा जलाशय मन्दिरमा किरात धर्मगुरुज्युद्वारा धार्मिक अनुष्ठान कार्यक्रमको समुद्घाटन हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जुनधारा जलाशय मन्दिरमा किरात धर्मगुरुज्युद्वारा धार्मिक अनुष्ठान कार्यक्रमको समुद्घाटन हुने


दमक, २९ कात्तिक / झापा शनिश्चरेमा रहेको अर्जुनधारा जलाशय मन्दिरमा पुजनीय किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा ममतामयी गुरुआमा साँबा पवित्रहाङमा लिङ्देन मंसिर २ गते सवारी हुने कार्यक्रम रहेको कार्यक्रम स्थल अनुगमनमा सहभागी नन्दकुमार नेम्बाङले बताए ।

बाला चतुर्दशीको दिन आयोजना हुने धार्मिक अनुष्ठान कार्यक्रम किरात धर्मगुरुज्युबाट समुद्घाटन हुने र यस कार्यक्रमले धार्मिक सहिष्णुता लागि वैतरणी सावित हुने कार्यक्रमका संरक्षक शंकराचार्य हेमानन्द गिरीले बताए ।

हिन्दु सभ्यताको महत्वपूर्ण हिस्सा मानिने अर्जुनधारा भगवान श्रीकृष्णका सखी अर्जुनले विराट राजाको गाईहरुलाई गरुवाबाट फर्काउने क्रममा वाँणले पानी निकालेर खुवाएको शास्त्रमा उल्लेख गरिएको पाइएसंगै अहिलेसम्म यहाँ पानी रहीरहेको छ ।

कार्यक्रम तयारीको जानकारीका लागि गुरु सवारी संयोजक तथा किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ मुक्तिहाङ साँबा, होम लिङ्देन, नन्दकुमार नेम्वाङ, नन्दकुमार सेर्मा, तारा लिङ्देन, खगेन्द्र लिङ्देन, लक्ष्मी इङनाम, हर्क लिङ्देन लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर