माङ्सेबुङ गाउपालिकाको अन्तर वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता सुरु - Mangsebung News
  • आइतबार, जेठ २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ गाउपालिकाको अन्तर वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता सुरु


माङ्सेबुङ/माङ्सेबुङ गाउपालिका १ स्थित महेन्द्रदय माध्यमिक बिध्यालयको खेलमैदानमा शुक्रबार देखि माङ्सेबुङ गाउपालिकाको अन्तर वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार शुरु भएको अन्तर वडा पुरुष फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा माङसेबुङ दूई बी लाई २–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ एक ए दोश्रो चरणमा प्रबेश गरेको छ ।


त्यसैगरि माङ्सेबुङ चार बी लाई १–० गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ ३ बी दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरि शनिबार माङसेबुङ पाँच ए र माङसेबुङ छ ए बीच पहिलो र माङसेबुङ एक बी र माङसेबुङ छ बी बीच दोस्रो खेल हुने माङ्सेबुङ गाउपालिका खेलकुद बिकास समितीका अध्यक्ष राजेन्द्र बिक्रम खजुमले बताए् ।

फाईनल खेल भने मंशिर ४ गते हुने उनले बताए । माङ्सेबुङ गाउपालिकाले आर्थिक बर्ष २०७६ ७७ को कार्ययोजनाले खेलकुद बिकास शीर्षकमा बिनियोजित रकम बाट अन्तर वडा स्तरिय पुरुष फुट्बल प्रतियोगिताको आयोजना गरेको माङ्सेबुङ गाउपालिका खेलकुद बिकास समितीका सचिव धडकन सङबाङफेले बताए ।

सम्बन्धित खवर