माङ्सेबुङ ६ ‘ए’ र माङ्सेबुङ १ ‘बी’ दोस्रो चरणमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ ६ ‘ए’ र माङ्सेबुङ १ ‘बी’ दोस्रो चरणमा


माङसेबुङ/इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगितामा माङ्सेबुङ ६ ‘ए’ र माङुसेबुङ १ ‘बी’ बीजयी हुंदै दोस्रो चरणमा प्रबेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन पनि दुई खेल सम्पन्न भएका छन् ।

शनिबार भएको पहिलो खेलमा माङुेबुङ ५ ‘ए’ लाई ५–२ गोल अन्तरले पराजित गर्दै माङसेबुङ ६ ‘ए’ दोश्रो चरणमा प्रबेश गरेको छ ।
दोस्रो खेलमा माङसेबुङ ६ ‘बी’ लाई ३–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ १ ‘बी’ दोश्रो चरणमा प्रबेश गरेको छ ।

प्रतियोगिता अन्तरगत आईतबार पहिलो चरणका अन्तिम दुई खेल संचालन हुने भएका छन् । पहिलो खेलमा माङसेबुङ ५ ‘बी’ र माङसेबुङ २ ‘बी’ बीच हुने आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् । त्यसैगरि दोस्रो खेलमा माङसेबुङ ४ ‘ए’ र माङसेबुङ ३ ‘ए’ बीच प्रतिष्पर्धा हुने उनले बताए ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ मंसीरमा हुने भएको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता स्थानीय महेन्द्रद्धय माविको खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित खवर