‘इलामे शहर चियाबारी राम्रो’ रिमेक भर्सन सुनिता र असोकको आवाजमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘इलामे शहर चियाबारी राम्रो’ रिमेक भर्सन सुनिता र असोकको आवाजमा

आन्छुमे नसान
माङसेबुङ/बरिष्ठ गायक तथा संगीतकार बुलु मुकारुङ र बरिष्ठ गायिका कुन्ती मोक्तानको आवाजमा सजिएको प्रतेक नेपालीहरुको मन मस्तिष्क र ओठमा बस्न अनि झुन्डीन सफल सुपर डुपर गीत ‘इलामे शहर चियाबारी राम्रो’ को रिमेक भर्षन भिडियो सहित युट्युवमार्फत सार्बजनिक भएको छ ।

युवा पुस्तामाझ निकैनै चर्चामा रहेकि सुनिता थेगिम र लोकप्रिय गायक असोक मुकारुङको आवाजमा सजिएको रिमेक गीतको रि एरेन्ज नर्वु शेर्पाले गरेका छन् । गीतकार गंगाराज मुकारुङको शब्दभावहरुमा सजिएको गीतलाई बरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत गरेका हुन् ।

जीवन मुकारुङले निर्देशन गरेको भिडियोमा असोक मुकारुङ, सुकुम पार्घरी, मन्दिप मुकारुङ र बिमला पुलामी मगर लगायतले अभिनय गरेका छन् । इलामको रमणीय ठाउहरुमा, चियाबारीमा छायाङकन गरिएको भिडियोलाई मन्दिप मुकारुङले खिचेका छन् ।

तेजु राना मगरको कोरियोग्राफी रहेको भिडियोमा सुजन गुरुङको शृङ्गार रहेको छ । सेवा रेकर्डिङमा रेकर्ड भएको गीत पदम राजन मगरले रेकर्डिङ गरेका छन् भने मुस्कान मुकारुङले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

जीवन मुकारुङले सम्पादन गरेको भिडियो सेवा इन्टरटेन्टमेन्ट युट्युव च्यानलमार्फत सनर्बजनिक भएको हो ।

भिडियो पुरा हेर्नुहोस

सम्बन्धित खवर