भाषा, लिपि उत्थानको लागि संस्था दर्ता - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भाषा, लिपि उत्थानको लागि संस्था दर्ता


संसेमी माङयुङ
२०७६ कातिक ३०, दमक किरात याक्थुङ जातीको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति उत्थान गर्ने उदेश्य सहित याक्थुङ साहित्य प्रतिष्ठान नामक संस्था जिल्ला प्रशासन कार्यलय झापामा दर्ता भएको शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

 

झापामा रहेका लिम्बू साहित्यकारहरुको साझा संस्थाको रुपमा लिम्बू यस प्रतिष्ठानलाई बिकास गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा उल्लेख भए अनुसार संस्था मुनाफा रहित, भाषा, साहित्यको बिकासका लागि पत्र पत्रिका, बुलेटिन, पुस्तक र मुखपत्र प्रकाशन, पुरस्कार स्थापना, सम्मान तथा अभिन्नदन र सेमिनार एवम प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।

 

सेसेमी से नाल्बोको अध्यक्षमा दर्ता गरेको संस्थाले ९ सदस्यीय तदर्थ समिति रहेको बिज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर