सुनिता र सुजनको कर्णप्रिय आवाजमा ‘छुई छुई हा हा’ - Mangsebung News
  • आइतबार, मङि्सर २४, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र सुजनको कर्णप्रिय आवाजमा ‘छुई छुई हा हा’

आन्छुमे नसान
दमक/युवा पुस्ता माझ चुलिंदो चर्चामा रहेकी गायिका सुनिता थेगिम र उम्दा गायक सुजन आङदेम्बेको कर्णप्रिय आवाजमा रहेको लिम्बू संस्कृतिमा आधारित मौलिक गीत ‘छुई छुई हा हा’ भिडियो युट्यूवमा सार्वजनिक भएको छ ।

ख्यातीप्राप्त गीतकार सागर केरुङको शब्दरचना रहेको गीतलाई बुद्ध लिम्बुले संगीत गरेका हुन् । कृष्ण लिम्बू सावदेनले एरेन्ज गरेको गीत सेवा रेकर्डिङमा पदम राजन मगरले रेकर्डिङ गरेका हुन् ।

मुस्कान मुकारुङको मिक्सङ तथा मास्टरिङ रहेको गीतको भिडियो इसाक जबेगुले खिचेका हुन् । मनोज राईको सम्पादन तथा कलरमा तयार भएको भिडियोमा सुनिता र सुजनलेनै फिचरिङ गरेका छन् ।

लिम्बू संस्कृतिमुलक थाङबेन मेन्छिनको प्रेमिल मायालु अन्तरसम्बादको प्रेमिल शब्द भावहरुमा सजिएको गीतमा धाननाँच लगायत नृत्यका मौलिक दृश्यहरुलाई रमाईलो तरिकाले देखाउन खोजिएको भिडियो सुनिता थेगिमको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो पुरा हेर्नुहोस

https://www.youtube.com/watch?v=2fWmsFPTVRo

सम्बन्धित खवर