श्री अर्जुनधारा जलेश्वर धामको ३७ औं बार्षिक अनुष्ठानको किरात धर्मगुरुज्युद्वारा समुद्घाटन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

श्री अर्जुनधारा जलेश्वर धामको ३७ औं बार्षिक अनुष्ठानको किरात धर्मगुरुज्युद्वारा समुद्घाटन


दमक/झापा शनिश्चरेमा रहेको अर्जुनधारा जलाशय मन्दिरमा विश्व शान्ति मानव एकताका सम्बाहक किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्युहरुको देवसमुपस्थितिमा सोमबार श्री अर्जुनधारा जलेश्वर धामको ३७ औं बार्षिक अनुष्ठानको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न जलेश्वर धामको ३७ औं बार्षिक अनुष्ठान कार्यक्रमकोे समुद्घाटन किरात धर्मगुरु गुरुआमाज्युको हस्तबाहुलीबाट भएको हो ।


अर्जुनधारा जलेश्वर धामको आयोजनामा सम्पन्न कार्यक्रममा माङ आशिर्वाचन प्रदान गर्नुहुदैं किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूले पहिला यो मुलुक किरातको थियो भन्नुभएको छ । गुरुज्यूले भन्नुभयो, यो मुलुक किरात राज्य थियो, पछि आएर नेपाल भएको हो । नेपल देश भएपछि चारजात छत्तीस बर्णको फुलबारी घोषणा गरियो । तर सबै फुलहरु फुल्न पाएनन् । कुनै फुलहरु फुल्न पाए भने कुनै फुलहरु फुल्न पाएनन् त्यसैको परिणाम स्वरुप विभिन्न आन्दोलनहरु भए ।

माङ आशिर्वाचनकैे क्रममा गुरुज्यूले पृथ्वीको आयु करिव करिव टुङगिन्नु लागेको छ । पृथ्वीको आयु बढाउन सेवा, पुजा, आरधना, होमादी, गर्नु पर्छ, माङसेवा गर्नु पर्छ तब मात्र पृथ्वीको आयु बढाउन सक्छौं भन्नुभयो ।

कार्यक्रममा आशिर्वाचन गर्नुहुने क्रममा नेपालका प्रथम महिला गुरु शंकराचार्य हेमानन्दज्यूले पनि यो मुलुक किरातकै हो भन्नुभएको छ । उहाँले किरातहरुले आफ्नो मौलिक सभ्यता भुल्न नहुने बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले प्रदेश न.१ संसारको सबैभन्दा अग्लो हिमसृङखलाहरुले र संसारकै सबैभन्दा होचो भुभाग भएको प्रदेश भएकोले यसलाई समृद्ध बनाउन कुनै पनि कसुर नराख्ने बताए । उनले भने संसारका दूईवटा मात्र जात हुन्छ, महिला र पुरुष । सबै समान हुन सबैमा आत्मीयता, धार्मिक सहिष्णुता, भाईचारा हुनुपर्छ ।


हिन्दु सभ्यताको महत्वपूर्ण हिस्सा मानिने अर्जुनधारा भगवान श्रीकृष्णका सखी अर्जुनले विराट राजाको गाईहरुलाई गरुवाबाट फर्काउने क्रममा वाँणले पानी निकालेर खुवाएको शास्त्रमा उल्लेख गरिएको पाइएसंगै अहिलेसम्म यहाँ पानी रहीरहेको छ । कार्यक्रम नवीन गठाने अध्यक्षतामा भएको हो ।

त्यसैगरि सोमबार नै इलाम जिल्लाको माईनगरपालिका २ मा नवनिर्मित किरात हाङसाम वरक माङहिमको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलीबाट समुद्धघाटन गर्नु भएको छ ।

माङहिम समुद्धघाटन पश्चात माङहिमकै काखमा परापुर्वकाल देखि रहिआएको प्राकृतिक सौंदर्यताले भरिएको अद्भूत ऐतिहासिक हाङसाम वरक(शिव पोखरी)को सेवा दर्शन गर्नुहुंदै दृश्यवलोकन समेत गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर