प्रतिष्ठानले १० वटा कृति प्रकाशन गर्ने - Mangsebung News
  • आइतबार, चैत १६, २०७६
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिष्ठानले १० वटा कृति प्रकाशन गर्ने


डिल्लीश्वर मुसाहाङ् अम्याङ्सा

दमक ३ मंसिर २०७६ याक्थुङ् साहित्य प्रतिष्ठानको बैठक दमक स्थित नुमा होटलको हलमा सम्पन्न भएको छ ।

प्रतिष्ठानको दोस्रो बैठकले याक्थुङ् भाषा, लिपि, साहित्य उत्थानको लागि स्थापना भएको संस्थाले झापाली लिम्बू सर्जक, स्रष्टा / याक्थुङ् साहित्यकारहरुको १ बर्षमा कम्तिमा बिभिन्न बिधाका १० कृतिहरु प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरेको छ । याक्थुङ् भाषा, लिपि, साहित्य बिकासको लागि साहित्यिक गोष्ठीको आयोजना गर्दै लैजाने लगायत बिभिन्न प्रस्ताबहरु पारित गर्दै बैठक सम्पन्न भएको थियो ।

बैठक प्रतिष्ठानका अध्यक्ष सेसेमी से–नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिब सेसेहाङ् फियाकले गरेका थिए ।

सम्बन्धित खवर