वडास्तरिय फुटबल प्रतियोगिताको उपाधी माङ्सेबुङ ३ ‘ए’ लाई - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडास्तरिय फुटबल प्रतियोगिताको उपाधी माङ्सेबुङ ३ ‘ए’ लाई

आन्छुमे नसान
माङसेबुङ/इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगिताको उपाधी माङ्सेबुङ ३ ‘ए’ ले चुमेको छ । बुधबार भएको फाईनल खेलमा माङुसेबुङ २ ‘बी’लाई ० को बिरुद्ध १ गोलल पराजित गर्दै उपाधी जितेको हो ।

कातिक २९ गते शुरु भएको प्रतियोगिता अन्तर्गत माङसेबुङ १ ‘ए’ लाई पराजित गर्दै माङसेबुङ ३ ‘ए’ र माङसेबुङ १ ‘‘बी’लाई पराजित गर्दै माङसेबुङ २ ‘बी’ ले फाईनलको यात्रा तय गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सर्बा्धिक गोलकर्ता माङसेबुङ ३ राजु बुढाथोकी, उदयमान खेलाडी माङसेबुङ २ का गिदान लिम्बू, उत्कृष्ट डिफेन्डर माङसेबुङ ३का जनक लिम्बू, उत्कृष्ट गोलरक्षक माङसेबुङ ३ का सुजन राई र उत्कृष्ट खेलाडी माङसेबुङ २ सुसान्त कार्की घोषित भएका छन् ।

प्रमुख अतिथि माङसेबुङ गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो र वडा नं ३ का अध्यक्ष मैतराज राईको हस्तबाहुलीबाट बितरण भएको प्रतियोगिताका बिजेता टीमले ३० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रप्त गरेकाछन् भने उप बिजेता हुने टीमले २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रप्त गरेको आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

त्यसैगरि उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रप्त गरेका छन् । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता स्थानीय महेन्द्रद्धय माविको खेलमैदानमा भएको थियो । ।

सम्बन्धित खवर