गायक महेन्द्रको ‘दोहोरिन्छ सधैँ किन एउटै चाह’ सार्वजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक महेन्द्रको ‘दोहोरिन्छ सधैँ किन एउटै चाह’ सार्वजनिक

आन्छुमे नसान
दमक/गायक महेन्द्र शेर्माको आवाजमा रहेको ‘दोहोरिन्छ सधैँ किन एउटै चाह’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

गीतकार आईन्द्र विक्रम शेर्माको शब्द रचना रहेको गीतलाई गायक स्वयमले संगीत गरेका छन् । माया प्रेमको शव्दभावमा तयार भएको भिडियो मेरो अनलाइन टि भि च्यालनबाट सावर्ज्निक भएको हो ।

निर्देशकद्वय उरुसा मगर लिम्बुले र राज लिम्बुले निर्देशन गरेको भिडियोमा उरुसा मगर लिम्बु, जसमन तामाङ र सुस्मा तामाङले अभिनय गरेका छन् ।

दक्षिण कोरियामा छायाङकन गरिएको भिडियोलाई राजिव माबोहाङ लिम्बुले सम्पादन गरेको छ ।

सम्बन्धित खवर