अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औें जन्मोत्सव तयारी सुरु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औें जन्मोत्सव तयारी सुरु


ज्ञानु केदेम लिम्बु
दमक/किरात धर्मगरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभ जन्मोत्सवको तयारी सुरु गरिएको छ । विगतका वर्षझैं यसवर्ष पनि इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङज्यूको जन्मोत्सव भव्य रुपमा मनाउने तयारी गरिएको हो ।

आइतबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी जन्मोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६६ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समितिको आयोजनामा हुने समारोहमा आत्मानन्द कप खेलकुद प्रतियोगिता, येत नाम्धुङ लाधुङसेमी, अङसीमाङज्यूबाट अमृतमय आशीर्वचन, विभिन्न कृतिहरु विमोचन, विविध जातीय सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

जन्मोत्सवको अवसरमा मंसिर ११ गतेदेखि आत्मानन्द कप १२ औं संस्करण प्रतियोगिताको सुरु, १६ गते साक्मुरा वदेम्मा, १७ गते विश्व शान्ति मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा र आत्मानन्द कपको फाइनल खेल सञ्चालन गरिने जन्मोत्सव समारोहका प्रचारप्रसार उपसमिति संयोजक सुमन लाओतीले बताए । १८ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६६ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको प्रमुख अतिथिबाट उद्घाटन हुने मूल समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्यूजलाई बताएका छन् ।

समारोहका अध्यक्ष योङहाङका अनुसार नुमाङगेन्ना सेवा समारोहमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल र विशेष अतिथि पूर्व सभामुख तथा संघीय सांसद सुवासचन्द्र नेम्बाङ आउनु हुने कार्यक्रम छ । प्रमुख अतिथिबाट जन्मोत्सव समारोह उद्घाटनसँगै आत्मानन्द गोल्डकपको विजेता र उप विजेताहरुलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

यसरीनै सावायेहाङ नोमाङगेन्ना सेवासँगै नाहेन लाक्मा कार्यक्रम र साँझमा समारोहको सांस्कृतिक उप समिति किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको संयोजनमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ । त्यस्तै १९ गते किरात धर्मगरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, मिक्तोक वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन साथै साँझ साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको प्रचारप्रसार उपसमिति संयोजक लाओतीले बताए ।

सम्बन्धित खवर