फाल्गुनन्दमा मातृभाषा सम्बन्धी सचेतना कार्यक्रम - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्दमा मातृभाषा सम्बन्धी सचेतना कार्यक्रम


फाल्गुनन्द/फाल्गुनन्द गाँउपालिकामा मंशिर १० गते लिम्बू बिद्यार्थी मन्च पान्थरले मातृभाषा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । गाँउपालिका अन्तरगतका शान्ति बाल बिकास बोर्डिङ स्कुल र सिद्ध बाबा बोर्डिङ स्कुलमा विधार्थीहरुको सहभागीतामा मातृभाषा सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

याक्थुङ यूवा मञ्च पान्थर र आदिवासी यूवा संघ प्रदेशको समेत सहकार्यमा भएको सो कार्यक्रममा आन्छुमे नसानको ‘कुसङ किरात शकइछी’ र सागर केरुङको ‘सक्सा नु पेन्युक’ नामक किरात लिम्बू भाषाको पुस्तक समेत वितरण गरिएको थियो ।


फाल्गुनन्द गाँउपालिकाको भाषा शिक्षक नियुक्ती प्रक्रिया गलत भएको भनी मुद्दा चलिरहेको बेला अदालतको फैसला विरुद्धको विरोध स्वरुप रचनात्मक आन्दोलन गरेको लिम्बु विधार्थी मञ्च पान्थरका अध्यक्ष मोतिहाङ केरुङले बताए ।

लिम्बु बिधार्थी मञ्चका केन्द्रीय महासचिव गुल्सन आङ्बुहाङ, केन्द्रीय सचिब प्रविन सेलिङको उपस्थितिमा बिरोध कार्यक्रम समेत गरिएको थियो । नेकपा फाल्गुनन्द गाँउपालिका सचिव इन्द्रकुमार नेम्बाङले भाषा शिक्षा बिरुद्ध उच्च अदालत इलामा मुद्धा हालेपछि फाल्गुनन्दमा आन्दोलन चर्किएको हो ।


कार्यक्रममा भाषा शिक्षा सुचारु नभए सम्म आन्दोलन जारी राख्ने मञ्चका केन्द्रीय महासचिव गुल्सन आङ्बुहाङले बताए । उनले चरणबद्ध आन्दोलका कार्यक्रमहरु ल्याउने बताए ।

सम्बन्धित खवर