माङगेना कुरुम्बाङको ‘गोर्खालीको छोरी’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङगेना कुरुम्बाङको ‘गोर्खालीको छोरी’ सार्वजनिक

आन्छुमे नसान

दमक/पछिल्लो समय चर्चामा रहेकी बाल गायिका माङगेना कुरुम्बाङ लिम्बुको आवाजमा रहेको राष्ट्रभक्ति भावले ओतप्रोत भएको गीत ‘गोर्खालीको छोरी’ म्यूजिक भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

निर्देशक तथा कलाकार अनिस लाओती ‘सिङजाङ’ले निर्देशन गरेको भिडियोमा चर्चामा रहेका बाल गायक मनिस लिम्बू र बाल कलाकार खुशी थेगिम लिम्बुले दमदार अभिनय गरेका छन् ।

गीतकार शिव तोलाङगीको शव्द सृजना रहेको गीत गायक तथा संगीतकार लेखनाथ चेम्जोङले संगीत भरेका हुन् । चन्दु गोर्खालीको संगीत संयोजन रहेको भिडियोमा सोम मगरातीकोे शृङ्गार रहेको छ ।

दार्जिलिङका विभिन्न ठाउँहरुमा छाँयाङकन गरिएको भिडियो इसाक जवेगुले खिचेका हुन । इसाक जवेगुकै सम्पादन रहेको भिडियो पेङगुइन फिल्मस्को अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो पुरा हेर्नुहोस

https://www.youtube.com/watch?v=Q0iboUPHyqQ

सम्बन्धित खवर