दमक/किरात साम्यो नालीफूङवा पाङभेलुङ पान्जुम्भो कचनकवल गठन भएको छ । आशिस आङदेम्बेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
गत कातिक २५ गते राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द ज्यूको १३५ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा समिति गठन गरिएको किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष सुक्र योङहाङले बताए ।
अध्यक्ष योङहाङका अनुसार बलिहाङ तङनाम २०७६ को अवसरमा आयोजित देउसे भैलो नाच कार्यक्रमको समापन तथा प्रशिक्षक, कलाकार सम्मान कार्यक्रम समेत सम्पन्न भएको थियोे ।
किरात इक्सा माङहिम कचनकवल–७, तुलसीबारी झापामा निर्वाचन मण्डलका संयोजक लक्ष्मीदेवी लिम्बुको संयोजकत्वमा गठीत निर्वाचन मण्डलले उपाध्यक्षमा प्रकाश जवेगु, सचिवमा सृजना योङहाङ, सह–सचिवमा आशा इधिङगो र कोषाध्यक्षमा अन्जु राईलाई चयन गरेका छन् ।
यसरीनै सदस्यहरुमा क्रमशः मञ्जु राई, सरस्वती सेलिङ, कञ्चना थेबे, बिनिता माङमु, देशु लोवा, भुमिका योङहाङ, सुमन इधिङगो र अनिसा राई रहेका हुन ।