अर्जुनधारा झापा आत्मानन्द कप १२ औं संस्करणको सेमिफाईनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जुनधारा झापा आत्मानन्द कप १२ औं संस्करणको सेमिफाईनलमा


एएससी अर्जुनधारा झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तेश्रो क्वार्टरमा सडन डेथमा राजाबास युथ क्लब सुनसरीलाई पाखा लगाउँदै अर्जुनधारा झापा सेमीफाइनल प्रवेश गरेको हो ।

सडन डेथमा झापाका गोलरक्षक संजय गुरुङले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । सुनसरीका गोलरक्षक पूर्ण चेम्जोङको प्रहारलाई झापाका गोलरक्षक गुरुङले उत्कृष्ट बचाउ गरेका थिए ।

निर्धा्रित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा विजेता निर्धारण गर्नुपरको थियो । निर्धा्रित समयमा दुवै टिमले पाएको दर्जनौं अवसरलाई सदुपयोग गर्न नसक्दा खेल सडन डेथसम्म धकेलिएको थियो ।

झापाको भेट अब पहिलो सेमीफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ कलब दार्ज्लििङ भारतसँग पक्का भएको छ ।

खेलको म्यान आफ दी म्याच विजेता झापाका गोलरक्षक संजय गुरुङ घोषित भएका छन् । प्रतियोगिता अन्तरगत शनिबार अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाबीच खेल भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्ज्लििङ गरी ८ टिमको सहभागिता रहेको जनाएको छ । प्रतियोगिताको फाइनल खेल १७ मंसिरमा हुने आयोजक समितिका सचिव सरिता राईले बताएकी छन् ।

यसैगरि विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ को साथमा ट्रफी मेडल तथा प्रमाणपत्र पाउने राईले बताएकी छन् ।

त्यस्तै सर्वा्िधक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

 

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सव १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा वर्षेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर