आत्मानन्द कप:  विर्तामोड झापाको जीत संगै सेमीफाईनल समिकरण पूरा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप:  विर्तामोड झापाको जीत संगै सेमीफाईनल समिकरण पूरा

आन्छुमे नसान

माङसेबुङ/रेडस्टार क्लब विर्तामोड झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम विरुद्ध ३–० को सहज सहत जित निकाल्दै विर्तामोड सेमिफाइनल प्रवेश गरेको हो । योसँगै सेमिफाइनल समीकण पूरा भएको छ ।

खेलको पहिलो हाफमा रमेश राजवंशीको गोलमा विर्तामोडले अग्रता लिएको थियो । दोश्रो हाफमा सुरुवातमै उत्कृष्ठ प्रदर्शन गरेको विर्तामोडले मिलन राईको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

विपक्षीलाई लगातार दवावमा राख्न सफल विर्तामोडले इन्जुरी समयमा समेत पुन रमेश राजवंशीको गोलमा ३–० को सहज जित दर्ता गर्न सफल बनेको थियो । तेह्रथुमलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेका थियो ।

फलस्वरुप नतिजा झापालाई सुम्पदैं घर फर्कन बाध्य बनेको छ । खेलको म्यान आफ दी म्याच विजेता विर्तामोडका रमेश राजवंशी घोषित भएका छन् ।

विर्तामोडको भेट सोमबार हुने दोश्रो सेमिफाइनलमा भाङबारी स्पोर्टिङ युथक्लब दमक झापासँग पक्का भएको छ ।

आइतबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ कलब दार्जि्लिङ भारत र एएससी अर्जुनधारा झापाबीच हुने जनाएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल १७ मंसिरमा हुने आयोजक समितिका सचिव सरिता राईले बताएकी छन् ।

यसैगरि विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ को साथमा ट्रफी मेडल तथा प्रमाणपत्र पाउने राईले बताएकी छन् ।

त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सम्बन्धित खवर