शनबहादुरलाइ बचाउन समिति गठन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शनबहादुरलाइ बचाउन समिति गठन


दमक, मंसिर १४
झापा दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय शनबहादुर तामाङ तीन बर्षदेखि (शरिर नचल्ने) प्यारालाईसेस भएर ओछ्यानमा थलिएका छन् ।
तीन बर्षदेखि लगातार उपचार गराइराखेका तामाङ परिवारमा आगामी समयमा उपचार गर्न र विरामीलाई आवश्यक पर्ने खानपान र दैनिक हेरचारका निम्ति खर्च समेत नभएपछि शनबहादुरका बुबा सिंह बहादुरले सहयोगको अपिल गरेका छन् ।

आज बिहान पीडित तामाङको घर बरगाछीमा भएको गाउँहरुको भेलाले सहयोगार्थ समिति गठन गरेको छ । दमक वडा नं ३ का वडाध्यक्ष नविन बराल, दमक नगर कार्यापालिका सदस्य खड्क बहादुर धिमाल, दमक ३ का वडा सदस्य तन कुमारी दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दमक नगर अध्यक्ष बोधराज घिमिरे लगायत पत्रकार र सामाजिक अभियान्ताको उपस्थिति रहेका थियो ।

सो भेलाले सामाजीक अभियान्ता सम्झाना तामाङको संयोजकत्वमा पाँच सदस्सीय शनबहादुर बचाउ अभियान समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा मनकुमार गदाल, चन्द्रमाया तामाङ, तिलमाया विश्वकर्म र अनिलदेब राई छन् ।

भेलामा विरामीका बुबा सिहं बहादुरले आफ्नो कान्छा छोरा बैदेशिक रोजगारीको क्रममा ड्राइभर भिसा मार्फत कतार पुगेको र कतारमा पुगेपछि नै यस्तो अवस्था भएको बताउनु भयो । उहाँले विरामी छोरा कतारमा स्वास्थ्य उपचार पश्चात विरामी अवस्थामा नै घर नेपाल फर्केपछि छोरा शनबहादुरलाई काठमाण्डौंमा उपचार गराइएको बताउनु भयो ।

उपचारको क्रममा धेरै ठूलो खर्च भयो, बुबा सिहं बहादुरले भने–‘आफ्नो पनि घरायसी अवस्था कमजोर भएकोले काठमाण्डौंबाट दमक ल्याइयो ।’ दमकमा ल्याईएपछि, लाइफ लाईन अस्पतालमा उपचार गराए, उनले कथन गरे, त्यतिवेला डाक्टरले भारतको सिलगुडी लैजान सल्लाह दिए । उनका अनुसार डाक्टरको सल्लाह अनुसार केही रुपैया सरसापट र ऋण खोजेर छोरालाई लिएर भारतको सिलगुडीसम्म पुरयाए ।

उनी बोल्न सक्दैन, हिडन पनि सक्दैन, उनको दिसा पिसाव सवै एक जनाले सरसफाई गर्नुपर्छ । दिसा पिसावलाई पटक पटक सफा गर्नुपर्ने भएकोले उनलाई डाईभर लगाइदिने गरिएको छ ।

खेतीपाती गरेर जीविका पार्जन गर्ने तामाङ परिवारमा छोरा शनबहादुरको अवस्थाले अझै कमजोर बनाएको छ । ‘ओच्छ्यानमै जीवन गुज्रिरहेको छ’, ‘मान्छेको श्वास रहुँञ्जेल आश हुन्छ’, सामाजिक अभियान्ता संम्झाना तामाङले भनिन् । अहिले शनबहादुरलाई निरन्तर थेरापी गराउनु पर्ने भएपनि आर्थिक अवस्थाकै कारण तामाङ परिवारले सो उपचार गर्न गराउन समेत सकिरहेका छैन् ।

सम्बन्धित खवर