आन्छुमे नसान
माङसेबुङ/किराती लिम्बु गित संगितमा ख्याती कमाएका मुन्धुमी गायक ब्रबिम सेर्मा र लोकप्रिय गायिका पूर्णिमा लामाको स्वरमा रहेको ‘ढाकाको साडी’ बोलको म्यूजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
पछिल्लो समय निर्देशन र कोरियोग्राफीमा छाईरहेका म्यूजिक भिडियोमा दखल राख्ने निर्देशक दिनेश माङमुले भिडियोलाई निर्देशन गरेका हुन । भिडियोमा ढाकाबाट बनेको कपडा मायाको चिनोको रुपमा उपहार दिने सभ्यतालाई प्रेमिल भावको कलात्मक शैलीमा उतारिएको छ ।
गीतकार सिर्जना लिङदमको शब्द रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गायक ब्रबिम सेर्मा र डिल्ली विक्रम सेर्माको संगित रहेको यो भिडियोमा चर्चित कलाकार उमेश राई ‘फुःलेन्देको आमा’ र रेश्मा राईले दमदार अभिनय गरेका छन् ।
मुकेश हुमागाईको छाँयाङकन रहेको भिडयोलाई प्रकाश एसकेले सम्पादन गरेका हुन् । कविता तोलाङगीको सृङगारमा तयार भएको भिडियो ओर्जिन नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
(भिडियो सहित हेर्नुहोस)