फक्ताङलुङ तिर्थ यात्रा - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फक्ताङलुङ तिर्थ यात्रा

चुक्सा याप्मी

पूर्वी पहाडका बस्तीबाट सफा मौसम हुदा सधैं देखिने कुम्भकर्ण९फक्ताङ्लुङ०हिमालको काखमा पुग्ने रहरले यसपटक बेस्सरी मलाइ तानिरहयो।ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउपालिका स्थित रहेको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको उचाई ७,७१० मिटर रहेको छ। पूर्वका जिल्लाहरु ताप्लेजुङ, पाँचथर,इलाम,तेह्थुम बाट सहजै रूपमा हिमाल देख्न सकिन्छ। दुवैतिर कुम जस्तो देखिने हिमालको सौन्दर्यले जो कोहिलाइ पनि मोहित बनाउछ। यसलाई किरातिहरुको पवित्र तिर्थस्थलको रूपमा मानिन्छ। मुन्धुममा वर्णित भए अनुसार महत्वपूर्ण स्थानका रूपमा लिइन्छ। कुम्भकर्णलाई किरात लिम्बू भाषामा फक्ताङलुङ भनिन्छ।कार्तिक ५ गते देखि ११ गते सम्म हुने बिशेष सेवा र फक्ताङ्लुङमा निर्मित भौतिक पुर्बाधारको उद्घघाटन गर्न किरात धर्मगुरु गुरु आमा ज्युहरुको देवसवार हुने उक्त कार्यक्रमको लागि संजोग नालिफूङ्वा बाट जाने अवसर जुर्यो। यात्रामा पृतिमान खालिङ राई म पंङ्तिकार योगेस लाओती,सिकुम तुम्बापो,शंकर केरुङ,आयुष तुम्बापो,लोकेन्द्र कार्की ढोली,खगेन याख्खा,टीका खजुम,सबिन साम्पाङ राई,गुरु भान्से तर्फ रबिन आङ्देम्बे बाइसकुमार राई,राजकुमार लिङ्देन थिए। माङ्सेबुङ बाट हामी असोज २६ गते दमक सम्म झर्यौ। दमकको एकदीन बसाइ पछि भोलि पल्ट बिहान बिर्तामोड बाट ट्याक्सी देखि ताप्लेजुङ सम्मको हाम्रो यात्रा तय भयो।आयोजकले नालिफूङ्वा र गुरु भान्से समुहको लागि अगाडी होटल बुक गरिदिएको हुनाले झन्झट ब्यहोर्नु परेन।त्यो साझ हामी सबै ताप्लेजुङ मै बाँस बस्यौ। ताप्लेजुङमा वरिपरि एकदिन घुम्ने सबैको निर्णय भए मुताविक अर्को दिन असोज २८ गते बिहान केहि आवस्यक समानहरु खरिद गरि सकेर बिहानको खाना खाइसके पछि दिउँसो तिर हामि ताप्लेजुङ बजार देखि माथी सुकेटार सम्म घुम्न निस्कयौ। सुकेटारमा एयरपोर्ट रहेछ।हप्ताको एकदिन सानो प्लेन आउदो रहेछ।त्यहा देखि पाथीभरा (मुक्कुमलुङ) नजिकै देखिन्छ।वरिपरिको मनोरम दृश्यहरु क्यामरामा कैद गर्दै हामी सबै ताप्लेजुङ बजार ओरालो झर्यौ।त्यो यात्राको पल मन मस्तिष्कमा ताजै छ।

फक्ताङलुङ हिमालको सौन्दर्य, धार्मिक महत्व सुनेका हामी पुग्न हतारिएका थियौं। ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि २९ गते बिहानको ११ः ०० बजेतिर बाटो लाग्यौ। पाच घण्टाको जिप गाडिको यात्रा पछि रानिपुलसम्म पुग्यौ।त्यहा पुग्दा साझ पर्न आटि सकेको थियो।हामी रानिपुलबाट पदयात्रामा निस्कयौ साझ परीसकेकोले गर्दा जसोतसो मोबाइल र टर्चलाइटको साहयताले करीब डेढ घन्टाको बाटो हिडेपछी बल्लतल्ल जापानटार पुग्यौ। त्यो साझ हामी जापानटार बाँस बस्यौ।भोलिपल्ट बिहान चियानास्ता गरेर त्यस्तै ७स्५० तिर हाम्रो टोलिको पदयात्रा सुरु भयो। घुन्साको खोलाको गड्तिरै गड्तिर लामबद्द हिडाइ बाटोमा सामुहिक फोटो सेसन झन माथी पुग्यो झन झन फक्ताङलुङ पुग्ने हुटहुटिले हाम्रो ध्यान तानिरहयो।

आयोजकले ठाउहरुको वारेमा क्याम्प पिच्छेको समय तालिका र तिर्थयात्रीहरुले यात्राको क्रममा ध्यान दिनु पर्ने बुदागत जानकारी मुलक पर्चाहरु पनि ठाउँ ठाउँमा टासिदिएको थियो।कन्चनजंघा पदमार्गको बोर्ड राखेको हुनाले पनि हामी जस्तो नौलो यात्रीहरु लाइ सहज भयो। बिहानको खाना अगाडि नै अर्डर गरेको हुनाले करिब २ घन्टा पछी हामी लामाटार पुग्यौ।होटलमा खाना तयारी भएको हुनाले केही बेर आराम गरेर हामी सबैले अघि पछि गर्दै पालैपालो खाना खाए।केही साथिहरु सिस्नु खोजेर पकाउन थाले।तर अन्तिममा सिस्नु खानेमा शंकर केरुङ र म मात्रै भए हामी दुई जनाले खुब मीठो मानेर सिस्नुको सब्जी संग खाना खायौ।हामी सबैले खाइ सकेर पछि एक ग्रुप माङ्सेबुङका टोलिहरु आइपुगे ।केहिबेर आराम गरिसके पछि लामाटार बाट हामि बिहानको ११ः०० बजे बाटो लाग्यौ। घुन्सा खोलाको किनारै किनार प्राकृतिक छटाहरुले मनै लोभ्याउथ्यो। डाडा काफबाट झर्ने झरनाको झंकार हेरिरहनु जस्तो लाग्ने मादक दृश्यहरुले मन प्रफुल्ल बनाउथ्यो। उकाली ओराली बाटो ठाउँ ठाउँमा झोलुङ्गे पुल तर्दै हामी अनवरत हिडिरहयौ। नाकको पोरा जस्तै ठाडो अम्जिलेसाको उकालो हिड्न लाई निक्कै गाह्रो भयो।फेदी बाट पहाडको चुचुरो उक्लनु हामीलाई हम्मेहम्मे पर्यो।उकालो छिचोले पछि बस्ती भेटियो।त्यो ठाउलाइ नै अम्जिलेसा भनिदो रहेछ। हामी सबैले एकछिन आफ्नो भारिहरु डिलमा बिसाएर समथर फाट परेको चउरमा केही बेर आराम गर्यौ। आ आफ्नो साथमा बोकेको मकै,सातु खानेकुरा सबैले झिकेर बाडिचुडी खाजा खायौ।त्यहाँ बाट देखिने अग्ला अग्ला पहाडहरुको दृश्यले मनलाई आनन्दित बनाउथ्यो। हामी त्यहा बाट पुनस् बाटो लाग्यौ।उकाली बाटोहरु छिचोल्दै हामी तीन घन्टा पछि अर्को क्याम्प थाङ्ग्याममा पुग्यौ।त्यहा सम्म पुग्न पृतिमान खालिङ राई र म पंतिकार लाई निक्कै गार्हो भयो। ठाउँ ठाउँमा मात्रै पसल भएकोले गर्दा पनि जति भोक लागे पनि अर्को क्याम्प नपुगिन्जेल सम्म बाटोमा केहि खानेकुरा किनेर खानको लागि पसल पाइदैन थियो। जसरी पनि ग्याप्ला पुग्नु थियो।साथमा बोकेको मकै खुत्रुक खुत्रुक खादै गन्तव्यमा पुग्न हिडिरहयौ।हामी दुई जनालाई निक्कै लामो दुरि साथिहरुले छोडिसकेको थियो।तर पनि हामी हिड्यौ।थाङ्ग्यममा हामी दुई जनालाई पर्खिरहेको थिए।त्यहाँ बाट पनि ग्याप्ला पुग्न हामीलाई ३ घन्टा लाग्थ्यो।जसरी पनि पुग्ने भनेर बिहान देखि हामी कस्सिएर हिडेका थियौ। घाम पश्चिम क्षितिजमा खस्दै थियो। ग्याप्ला पुग्ने बेलाको उकालो अहो त्यही माथि भोक प्यास उइख लामो सास तान्दै बल्लतल्ल साझपख ग्याप्ला पुग्यौ।त्यो दिन हामी सबै होटलमा बाँस बस्यौ। साझ केही बेर गफसप गरेर हामी सुत्यौ।भोलि पल्ट सबेरै उठेर नुवाइ धुवाइ गरेर माङसेवा गर्यौ र माङफुङ लगायौ।त्यहाँ बाट यात्रा गर्नु अघि सातु मकै खायौ। नास्ता गरिसके पछि समथर फाट परेको ग्याप्लाको मनोरम ठाउहरुमा केहिबेर फोटो खिच्यौ र अन्तमा सामुहिक फोटो सेसन पश्चात् बिहानको ७स्५० मा ग्याप्ला बाट घुन्सा तर्फ बाटो लाग्यौ।हाम्रो समुहमा प्राय हामी सबै नया थियौ।

उकालोमा धेरै यात्रीहरु भेटिए।चारधाम हुँदै फक्ताङ्लुङ पुगेर फर्किन्दै गरेको तिर्थयात्रीहरु पनि भेटिए। कोहि बिरामी भएर फर्किनेहरु पनि बाटोमा भेट्यौ। यीमध्ये अधिकांश धार्मिक तिर्थयात्रीहरु भेट्यौ। विदेश बाट घुम्न आउने विदेशी पर्यटकहरु कोहि जाँदै गरेको भेटिन्थ्यो भने कोहि झै खुशी भएर फर्किरहेका भेट्यौ। ती मध्ये अधिकांश विदेशीहरुले यात्रामा भेटै पिच्छे हामी लाई सेवारो भन्थे।तेतिखेर गर्वले छाती चौडा हुन्थ्यो। ठाउँ ठाउँमा बस्दै तातो पानी पिउदै हामी यात्रामा अनवरत हिडिरहयौ लेक नलागोस भनेर साथमा बोकेको भुटेको मकै एक अर्काकोमा भएको खानेकुरा चिजबिज बाडिचुडी खान्थ्यौ। करिब चार घण्टाको यात्रा पछि हामी फले पुग्यौ।समथर मैदान परेको फाट रहेछ।होटलमा अगाडी खानाको अर्डर गरेको हुनाले हामी पुग्दा खाना तयार भइसकेको थियो।केहिबेर आराम गरेपछि कोहि साथिहरु खाना खान तिर लाग्नु भयो। पालैपालो गरेर सबैले खाना खायौ। घुन्सामा पेल्टिसेट बाट बिधुत निकालिएको रहेछ। घुन्सा देखि फले सम्म खम्बाको पोल बाट बिधुत बिस्तार गरिएको थियो।नेपाल टेलिकम एनटिसिको नेटवर्क त्यहाँ राम्रो टिप्ने रहेछ।आ आफ्नो घरमा फोन गर्न केही समय सबै जना ब्यस्त भए।हामी घुन्सा सम्म मात्रै पुग्ने भनेर फलेमा निकैबेर अलमलियौ।साथिहरुले सानो हुफर पनि बोकेको रहेछ। केहिबेर किरात लिम्बू भाषिक गितहरुमा नाचगान समेत गर्यौ।फोटो खिच्यौ भिडियो बनायौ अबेर तिर मात्रै हामी फले बाट घुन्सा तर्फ बाटो लाग्यौ।फले बाट छिटो हिड्ने लाई एक घण्टामा घुन्सा पुगिन्छ।

हिमाली क्षेत्रको उकालो हिँड्न सोचे जस्तो सजिलो हुदैन।बिस्तारै बिस्तारै हिड्नु पर्छ। पुग्ने ठाउँ नजिकै देखिए पनि पुग्न लाई धेरैबेर लाग्ने। हामी गफिन्दै हिड्यौ हाम्रो समुहमा १२ जना थियौ। रमाउँदै,गाउँदै उकाली ओरालि हिड्दा हामीलाई थकाइ भन्दा पनि वरिपरि देखिने पहाडको मनोरम दृश्यले लोभ्याउथ्यो।लामो समयसम्म हिडे पश्चात असोज ३० गते बिहिवारको दिन घुन्सा पुग्यौ।किरात धर्मावलम्बीहरु प्रायःस्थानिय उटुक शेर्पाको घरमा बाँस बसेका थिए। हामी पनि वहाँको घरमै बाँस बस्यौ। सबैजना मिलेर साझको खानाको तयारी गर्यौद। सबैले सरसहयोग गरेर खाना बनाइयो र खाना खाइसके पछि हामी ओछ्यान बिस्तारा तिर लाग्यौ केही बेर गपशप गरेर हामी सबै जना माङसेवा गरेर भोलि बिहान सबेरै उठ्ने अठोटका साथ सुत्यौ।भोलिपल्ट सबेरै उठेर सरसफाइ गरेर साङसाङ सेसे गरि माङसेवा गरि सकेर हामिले ताप्लेजुङको नालिफूङ्वा भाइको हातबाट माङफुङ लगायौ। त्यसपछि केही घण्टा पछि स्वास्थ्य चेकजाँच गर्न घुन्सा हस्पिटलमा गयौ।त्यहा कार्यरत ज्ब् स् प्रबिन राई संग भलाकुसारी गर्यौप।वहाँको सरसल्लाह लाई शिरोधार्य गर्दै हामी त्यहाँको मौसम संग र स्थानियबासिन्दाहरुको रहनसहन र वातावरण संग घुलमिल हुन लाई पनि हामी अलिक दिन घुन्सामा बस्ने भयौ। सेवाको लागि आवस्यक सामग्रीहरुको ढुवानी घुन्सा देखी कच्चड बाट धमाधम ओसारपसार हुँदै मात्र थियो त्यसैले पनि केही दिन घुन्सामै बस्ने निर्णय मुताविक हामी दुइदिन जसो घुन्सामै बस्यौ।त्यहाँका स्थानिय भाइहरु संग फुटबल,भलिबल खेल्यौ।दुई दिन बितेको पत्तै भएन।

घुन्सा बाट असोज ३ गते बिहानको ११ः०० बजे तिर हामी खानपिन गरेर फक्ताङ्लुङ तर्फ बाटो लाग्यौ।उकालो बाटो बिस्तारै ठाउँ ठाउमा बस्दै गयौ।घुन्सा देखि उकालो जंगल लागे देखि नै लेक लाग्न सक्छ भनेर हामी लाई स्थानियबासिहरुले बताएको थियो।त्यसैले हामिले लेक नलागोस भनेर सातु दल्दै मकै खादै बेला बेला अदुवा चपाउदै उकालियौ। हजारे ओढार कस्तो होलारु कति मान्छे अट्छ होला रु यस्तै यस्तै जिज्ञासा मनमा खेलिरहेको थियो।हामि करिब पाँच बजे तिर हजारे ओढार पुग्यौ।पुग्ने बित्तिकै आ(आफ्नो भारी बिसायौ।हातमुख सफा गरेर हजारे ओढारमा सेवा गर्यौे।खानाको लागि जोरजाम गरि दाउरा खोज्न केही साथिहरु गए।एकैछिनमा खाना पनि तयार भयो।साझ तिर सेवा सामाग्री लिन आउनु हुने भुटानी एक जना दाइले चिसो बाट वच्न लाई तेल दिनु भयो।हिडाइको थकान र चिसो नलागोस भनेर शरीरमा मालिस गर्यौ। भोलिपल्ट उठ्दा केही बिसेक भएको भान भयो।बिहान सबेरै चियानास्ता लिए पछि हजारे ओढारको बारेमा जान्न मन लाग्यो। बिस्स २०३० सालमा प्रथम पटक फक्ताङ्लुङ सेवामा आउनु हुदा बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ूसेइङू हजारे ओढारमा एकरात बाँस बस्नु भएको रहेछ।माङ्सेबुङ बाट आउनु भएका त्यो बेलाको प्रत्यक्षदर्शी दिलबहादुर लाओतिले जानकारी गराउनु भयो।त्यहा बाट बिहान चियानास्ता लिइसके पछि हामी फक्ताङ्लुङ तिर बाटो लाग्यौ।हजारे ओढार बाट फक्ताङलुङ तर्फ निस्कियौँ। खम्बाचेन र लोनाक खोला मिसिएर घुन्सा खोला बन्ने ठाउँको झोलुङ्गे पुल बाट खाम्बाचेन र फक्ताङ्लुङ जाने बाटो छुट्टिने रहेछ। हामि फक्तालुङ तर्फ उकालियौ। दर्शनार्थीहरु लाई सहज होस भनेर ठाउँ ठाउँमा साम्यो निसा गाडेका थिए।हिमालको रमणिय दृश्य स(साना पोखरी,धुपिको स(साना बुट्टयान र जोडले बहने हावाको झोक्काले उडाउनै खोज्थ्यो। हामी केही माथी उक्लिए पछि केही बेर बस्यौ र धितमरुन्जेल कन्चनजङघाको बेस क्याम्प,खाम्बाचेनको दृश्य हेर्यौ्।त्यहाँ बाट हामी पुनस् बाटो लाग्यौ।सेवा सकेर फर्किन्दै गरेका दर्शनार्थिहरु बाटोमा भेट्यौ।कोहि युवाहरु थिए त कोहि पाकाहरु थिए।मुन्धुममा समेत वर्णित किरातिहरुको पवित्र धार्मिक स्थलमा जानेहरुको लर्को ताप्लेजुङको रानीपुलदेखि माथिसम्मै देख्यौ। हामि करिब पाँच बजे तिर फक्ताङ्लुङ पुग्यौ। हामिले यहाँ सम्म आइपुग्नुलाइ ठूलो सफलता मान्यौ।विभिन्न जिल्लाहरु बाट आएका किरात धार्मावलम्बिहरुको संख्या पनि निकै ठुलै थियो।फक्ताङलुङ पारुङ्तेम्बेको उचाई ९४५५० मिटर० मा रहेछ।हिमालको काखमा ठूलो ढुङ्गा भएको पारुङतेम्बे९ पितृदेव ओढार०तस्बिरमा मात्रै देखेको थिए। त्यहाँ पुग्दा धेरै खुसी भएँ।त्यहाँ टेन्ट टाँगेर बस्ने ठाउँ बनाइएको थियो। नालिफूङ्वा र काम्राङहरुको लागी एउटा छुट्टै टेन्ट बनाइएको थियो हामि त्यही बस्यौ।

हिमाली मौसम माइनस डिग्री त्यहि माथी छिनछिनमा बद्लिरहने मौसम हावाको झोक्का उस्तै बेजोड चल्थ्यो। चिसो र हावाले घरीघरी टाउको दुख्थ्यो। फक्ताङलुङको पारुङ्तेम्बेमा महागुरु फाल्गुनन्दले १९९३ सालमा ध्यान,पूजा गर्नु भएको थियो।महागुरुले भन्नु भएको छ ए किराँती हो तिमिहरुको लागि फक्ताङलुङमा दिब्य भाग्य खोलिदिएको छु।सके बर्षमा एकपट्क फक्ताङ्लुङ जानू। नसके बाचुन्जेल सेवा आराधना गर्नु।यो केवालुङ,सेवालुङ्धुङ,फक्ताङ्लुङमा तिमिहरुको लागि माङ्वाहाङ्वा मागेको छु।ू सिद्धिशक्ती,माङ्वाहाङ्वा प्राप्त गर्ने पबित्र धार्मिक स्थलको रूपमा किरात धर्मावलम्बिहरुले फक्ताङ्लुङ लाइ माङगेना चोत्लुङको रूपमा पुज्छनू।

हामी पुगेको ठाउ लाइ पारुङतेम्बे भन्छ । अर्को ठाउँलाई मारुङतेम्बे उचाई ९५,००० मिटर मातृदेव ओढार भनिन्छ। पारुङतेम्बे र मारुङतेम्बे लाई पबित्र धार्मिक स्थलको रूपमा पुजा गरिन्छ।फक्ताङ्लुङमा हुने बिशेष सेवाको लागि धर्मगुरु गुरुआमा ज्युहरुको परिवार सहित पाँच गते सिम्रीक हेलिकप्टर मार्फत फक्ताङ्लुङमा अवतरण हुनुभयो।हजारौंको संख्यामा रहेका उपस्थित धर्मावलम्बिहरुले धार्मिक नाराले जयजयकारका साथ माङलाङताक्मा गरेर त्यहाँ निर्मित गुरुनिजी आश्रम तर्फ देवसवार गराए। केहि घण्टा पछि पुनःनिर्मित भौतिक पुर्बाधारहरु खानेपानी धारा,सहयोग दाताहरुको नामावली स्तम्भ,माङहिममा सेवा गरेर औपचारिक रूपमा उद्घघाटन गर्नु भयो।दर्शनार्थीहरुको भिड उस्तै थियो।संजोगले यो ऐतिहासिक सेवामा जाने अवसर जुर्यो।त्यसमा आफू लाई निक्कै भाग्यमानी ठानेको छु ।

विश्वशान्ति तथा मानव एकता चराचर सृष्टि रक्षार्थ हुने बिशेष सेवा कार्तिक ८ गते गुरुदेव र गुरुआमा गुरुपरिवारहरुको उपस्थितिमा सम्पन्न भएको थियो।सेवा प्रभावित नहोस भनेर राम्रो संग टेन्ट टागेर सेवाको लागि सुरक्षीत गरिएको थियो। सेवा सम्पन्न भइ सके पश्चात् हिउँ पर्न थाल्यो। हिउँमा खालखालको फोटो खिच्यौ निकैबेर रमाइलो गर्यौ। साँझ खस्दै जादा पहेंलिएका हिमाल पनि उत्तिकै हेर्न आर्कषक लाग्ने थियो।साझ सम्म पनि हिउँ उस्तै टल्केको थियो। आसोज १० गते बिहान पारुङ्तेम्बेमा सेवा गरेर दिउसो तिर घुन्सा तर्फ फर्कियौ।धर्मगुरु गुरुआमा ज्युहरुको ११ गते घुन्सामा जलपान कार्यक्रमको लागि देवसवार हुने कार्यक्रम भएकोले पुर्व तयारीका लागि हामी नालिफूङ्वा तीन जना र गुरु भान्से सहित पाँच जना झरेका थियौ। कार्तिक ११ गते दिउँसो तिर धर्मगुरु गुरुआमा ज्युहरुको देवसवार भयो।घुन्साबासी र श्री घुन्सा आधारभुत बिधालयका बिधार्थिहरुले शेर्पा भाषाको गित मार्फत स्वागत सम्मान गरेका थिए।उटुक शेर्पाको घर सम्म प्रस्थान गर्नु भयो। गुरु गुरुआमाको सम्मानको लागि भब्य सजिसजावट गरेका थिए ।केहि समय विश्राम गर्नु भयो र स्थानियहरु संग केहिबेर भलाकुसारी समेत गर्नु भयो।कार्यक्रम स्थल बिधालयको प्राङ्गणमा स्थानियहरुको बाक्लो उपस्थिति थियो।धर्मगुरु गुरुआमा ज्युहरु बाट आधादर्जन सरकारी संघसंस्थाहरु लाई आर्थिक सहयोग गर्नु भयो।उपस्थित घुन्साबासिहरुलाइ आशीर्वचन प्रदान गर्नु भयो र कार्यक्रम समापन भए पछि वहाँहरु गुरुनिजी आश्रम इलाम माङ्सेबुङ फिर्ती सवार हुनुभयो।

कार्यक्रम सकेको केही घण्टा पछी पारुङतेम्बेमा रहेका साथिहरु पनि आइपुगे।त्यहाँका शेर्पा भोटेहरुले लक्ष्मिपुजा पुज्दैन रहेछ।हामी दशै र तिहारको बीचमा हिमाल यात्रामा निस्किएका थियौ।त्यसैले पनि घर तर्फ फर्किने क्रममा यसो साथिभाइहरुको अनुरोध लाई स्वीकार गर्दै हामी साझ नाम्लिङगे लारिङगेक खेल्न गयौ।बडो रमाइलो भएको अनुभुत भयो।घुन्सामा जम्मा ४३ घरसंख्या रहेछ।धेरै जसो पर्यटक बस्ने भएर पनि हामी कतिपय घरमा देउसे भैलो खेलेनौ।दक्षिणा राम्रै जम्मा भएको थियो।साझमा उटुक शेर्पाको घरमा नाचगान समेत गर्यौो।हङकङ बाट दुइजना छोरिहरु पनि आइपुगेका थिए।उनिहरु पनि निक्कै रमाइला खालको थिए । गित,कविता,नाचगान संगै घुन्सामा तिहार रमाइलो पल संग मनायौ। भोलिपल्ट बिहान चियानास्ता गरेर खदा ओढाएर हामी सबैलाई वहाँहरुले सफल यात्राको कामना सहित बिदाइ गर्नु भयो।हामिले पनि नमरे बाचे दैवले साचे अर्को साल फेरि आउने वाचाका साथ बिदाइको हात हल्लाउँदै घुन्सा बाट आफ्नै घर फर्कियौ।

फक्ताङ्लुङ कञ्चनङ्घा पदमार्गमा पर्ने भएकाले यहाँ सुविधासम्पन्न आवासहरुको निर्माण गर्न आवश्यक देख्यौ।बिधुत लाइनको बिस्तार र पर्यावरण भु(क्षयिकरण बाट पारुङतेम्बे र मारुङतेम्बे लाई सुरक्षीत गर्न बिकास निर्माणको आवश्यक देखियो। घुन्सा देखि हजारे ओढार खाम्बाचेन जाने बाटो हुदै फक्ताङलुङ पारुङ्तेम्बे र मारुङ्तेम्बे सम्म पुगेर फर्किन सकिन्छ। महागुरु फाल्गुनन्दको पाला बनाउनु भएको धर्मशाला लाई पुनर्निर्माण गरिएको भए पनि धेरै संख्यामा दर्शनार्थीहरु भवनमा अट्दैन।तिर्थयात्री भक्तजनहरुको लागि माथि नै बस्ने धर्मशाला अझै अरु बनाउन उपयुक्त देखिन्छ।

कन्चनजङ्घा,फक्ताङलुङ बेसक्याम्प हिमाली क्षेत्र घुम्नका लागि आन्तरिक र विदेशी पर्यटकहरुको लागि भदौ देखि मंसिर,चैत सम्म राम्रो सिजन हो।यी महिनामा यो क्षेत्र घुम्न उपयुक्त हुन्छ। कन्चनजङ्घा पदमार्ग छोटो दुरिको बाटो पर्छ।सेकाथुम बाट घुन्सा खोलाको गडतिरै गडतिरको पदमार्ग भएर हिंड्नुपर्छ।स्वास्थ्यले साथ दिए ताप्लेजुङ सदरमुकाम बाट पाँच दिनमा फक्ताङलुङ पुग्न सकिन्छ।यस हिमाली क्षेत्र फक्ताङ्लुङ लाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर आन्तरिक र विदेशी पर्यटकहरु लाई यता तिर लान सके राम्रो हुनेछ।

सम्बन्धित खवर