आत्मानन्द कप ः पाहुना टोली भारत फाइनलमा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप ः पाहुना टोली भारत फाइनलमा

माङसेबुङ / मानेभञ्ज्याङ फुटबल क्लव दार्जि्लिङ भारत इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा एएससी अर्जुनधारा झापा विरुद्ध २–० को जित निकाल्दै दार्जि्लिङ भारत फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २२औं मिनटमा आशिस राई गोलमा दार्जि्लिङले अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ६० औं मिनटमा पुजन राईले थप गोल गर्दै पाहुना टोली दार्जि्लिङ भारतले फाईनको स्थान पक्का गरेको हो ।

खेलो म्यान अफ दि म्याच दनर्लिङका भवेस राई घोषित भए ।

सोमबार हुने दोस्रो सेमिफाइनलमा भाङबारी स्पोर्टिङ युथ कल्व दमक झापा र रेड स्टार बिर्तामोड झापाबीच हुने जनाएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल १७ मंसिरमा हुने आयोजक समितिका सचिव सरिता राईले बताएकी छन् ।

यसैगरि विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ को साथमा ट्रफी मेडल तथा प्रमाणपत्र पाउने राईले बताएकी छन् ।

त्यस्तै सर्वा्िधक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सम्बन्धित खवर