कलाकार नेम्वाङको निधन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कलाकार नेम्वाङको निधन

दमक /कलाकार तथा समाजसेवी सुन्दर नेम्वाङको आइतबार निधन भएको छ ।

लामो समययदेखी मिर्गौला रोगले ग्रसित बनेर टिचिङ हस्पिटल महाराजगन्जमा डाइलसिस गरिरहेका नेम्बाङको आफ्नो जन्म गाउँ इम्बुङ फर्किए लगतै निधन भएको हो ।

आफ्नो धर्मपत्नि मनरोतीले मिर्गौला दिएर ०६३ सालमा
टिचिङ हस्पिटलमा ट्रान्सप्लान्ट गरी बाचेका सुन्दरको पछिल्लो केही वर्षदेखि स्वास्थ्यमा समस्या देखिरहेको थियो । जसले गर्दा टिचिङमै डाइलसिस गराईरहेका थिए ।

लिम्बु मौलिक सस्कृतिमा आधारित नेपाली कथानक चलचित्र केस्वा कोक्मा र घरजममा अभिनय गरेका नेम्बाङले फुट्कर रुपमा केही लिम्बू र खस नेपाली भाषाका गीत समेत लेखेका छन ।

किरात धर्म संरक्षण समितिको केन्द्रीय सचिव, किरात याक्थुङ चुम्लुङ पान्थर शाखा सदस्य र नेपाल आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउपालिका अध्यक्ष रहेर सामाजिक सेवा गरिरहेका नेम्वाङले तोङ्मुक सयङ नेम्वाङ वंशावलीको प्रकाशन समेत गरेका छन ।
तीन छोरा र एक छोरी भएका नेम्वाङ उपचारका क्रम्मा केही समयदेखि बालुमारी स्थित धर्मपत्नि मनरोति संग बस्थे । मिजासिलो र सरल स्वभावका नेम्वाङको जन्म ०३१ मंसिर ११ गते पापा सुवाद फेजङ नेम्वाङ र माम्मा सुभमाया मेयङ नेम्वाङको कोखबाट माईला छोराको रुपमा भएको थियो ।

 

सम्बन्धित खवर