चुलाचुलीमा चासोक तङनाम धुमधाम मनाईने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुलीमा चासोक तङनाम धुमधाम मनाईने

सङसेमी माङयुङ
दमक / चासोक तङ्नाम २०७६ को मूल आयोजना र किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिकाको सहकार्यमा,चासोक तङनाम २०७६ मनाउने भएको छ ।

नुवाङ्गी पर्वको रुपमा मनाइने चासोक तङनामको अवसरमा, चुलचुली गाउँपालिका वडा नं. १ स्थित, सहिद माङ्तोक स्मृति रङ्गशालामा मंसिर २५ गते, विविध साँस्कृतिक, सांगीतिक कार्यक्रम गरी भव्य रुपमा मनाउँन लागेको, मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सो कार्यक्रममा पहिलो पटक चासोक तङनाम पुरस्कार स्थापनासंगै बितरण गर्न लागेको हो । उक्त पुरस्कारद्वारा लिम्बू भाषा, साहित्यमा अतुलनीय योगदान पु¥याउँनु भएका साहित्यकार सेसेमी से–नाल्बो लिम्बु र नेपाली सांगीतिक क्षेत्रमा, छुट्टै पहिचान बनाएका वरिष्ठ लोकप्रिय गायक कुबेर राईलाई सम्मान गर्ने बताएका छन् । वहाँहरुलाई जनही रु. २५,००० प्रदान गरिने, संयोजक तिलकबम फागो वनेमले बताएका छन् । उक्त सम्मान पत्र र रकमको व्यवस्थापन चुलाचुली गाउँपालिका वडा न. १ ले, प्रत्येक वर्ष उपलब्ध गराउने वडा अध्यक्ष श्री ध्रुव लाओती (पुर्ण) ले जानकारी गराए ।

यसरीनै कार्यक्रममा नेपाली साँगीतिक क्षेत्रमा लोकप्रियता कमाउँदै आएका भर्षाटायल गायक, सुजन तिगेला र लिम्बू भाषामा पालाम साम्लो मार्फत लिम्बू समुदायमा लोकप्रियता हासिल गर्दै आई रहेकी,फक्ताङलुङ आईडल–२ कि गायिका, तिर्सना नेम्बाङको, बेजोड प्रस्तुतिसँगै विभिन्न साँस्कृतिक प्रदर्शनको रूपमा केलाङ, माङलाङ, यालाङ र मौलिक भेषभुषा प्रदर्शन लगायत, मौलिक परिकार खानपिनको पनि, व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा समाज सुधार समूह चुलाचुली कमलको विभिन्न जातजातिको संस्कार, संस्कृतिहरु झल्कने खालको साँस्कृतिक नाँच समेत हुने, आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खवर