किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनको ६६ औं शुभजन्मोत्सव भब्य रुपमा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनको ६६ औं शुभजन्मोत्सव भब्य रुपमा सम्पन्न


माङसेबुङ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा समारोह–२०७६ विभिन्न कार्यक्रमकासाथ शुक्रबार सम्पन्न भएको छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसे्बुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ६६ औं जन्मोत्सव मनाइएको हो । जन्मोत्सवको अवसरमा सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा, विविध साँस्कृतिक कार्यक्रमका साथै आत्मानन्द कप खेलकूद प्रतियोगिता भएको थियो ।
आत्मानन्द कप खेदकुद प्रतियोयोगिता मंसिर ११ देखि १७ सम्म संचालन गरिएको थियो । आत्मा पवित्र खेलकुद समितिको आयोजनामा संचालित खेलकूदमा फूटबल, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड लगायतका खेल संचालन गरिएको थियो ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलबाट धर्मगुरु लिङदेनको जन्मोत्सव समारोह उद्घाटन, आत्मानन्द कपका विजेतालाई पुरस्कार वितरण, शुभकामना आदानप्रदान, धर्मगुरुद्वारा प्रवचन तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा शुभकामना दिदैं उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ लागयतका वक्ताले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां गरे । वक्ताहरुले किरात समुदायको सुधारका लागि महागुरु र वर्तमान गुरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरुले देखाएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा किरात मुन्धुमी स्वर सम्रात अर्थवीर लाओतीले माङसिवाखाहुन, युमालाङ, थेबालाङ, धाननाच (यास्लाङ), केलाङ (च्याब्रङ नाच), साकेला, येबालाङ, पालाम, ख्याली, हाक्पारे समेत प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा फक्ताङलुङ आइडल सिजन टुका विजेता तिर्सना नेम्बाङसहित स्थानीयक कलाकारहरुको प्रस्तुती रहेको थियो ।

त्यस्तै विहीबार किरात धर्मगुरु लिङदेनबाट विशेषा आर्शीवचन भएको थियो । आशिर्वचन दिदैं किरात धर्मगुरु लिङदेनले शान्तिबाट मात्र विकास निर्माण सम्भव हुने बताए । ‘देशमा शान्ति चाहिन्छ, शान्तिले मात्र देश बन्छ’ उनले भने । धर्मगुरु लिङदेनले धर्म विना समाज शिक्षित र सभ्य बन्न नसक्ने बताए । जीव हत्या हिंसा गर्नुलाई धर्म मान्ने भने पाप केलाई भन्ने भन्दै धर्मगुरु लिङदेनले सबै काटमारको कर्मबाट मुक्त हुन आग्रह गरे । त्यस्तै मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तकरपुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । त्यसैगरी शुक्रबार भक्तजनहरुलाई धर्मगुरुको हस्तबाहुलीबाट माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन र विदाई गरिएको छ । जन्मोत्सवमा सहभागि हुन भारत, भुटान, अमेरीका, बर्मा, बेलायतबाट समेत ठूलो संख्यामा किरात धर्मालम्वीका साथी अन्य धर्मका अनुयायी पनि उपस्थित भएका थिए ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने संचालन महासचिव काकीराम लावती (आन्छुमे नसान) र सचिव समिता थेवेले गरेको थिए ।

सम्बन्धित खवर