दुर्गाद्वारा उषालाई १० लाख सहयोग - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दुर्गाद्वारा उषालाई १० लाख सहयोग

 समाजसेवी दुर्गाबहादुर सिंथेवे

 

दमक / समाजसेवी दुर्गाबहादुर सिंथेवेले उषा फाउन्डेशनलाई १० लाख रुपैया सहयोग प्रदान गरेका छन् ।

 

त्येअङ्सी सिरिजङ्गा सिंथेबे स्मृति संस्थाद्वारा सञ्चालत उषा फाउन्डेशनका अध्यक्ष समेत रहेका थेबेले उक्त रकम सहयोग गरेका हुन् ।

 

फाउन्डेशनले मुलत सिरिजंगा मिङसो हाङसाम माङहिमको रेखदेख गर्ने, किरात लिम्बू भाषा, लिपि संरक्षण सम्वद्र्वनको लागि साक्षरता अभियान गर्ने, साथै धर्म, संस्कार, संस्कृति उत्थानका निम्ति छलफल बहस कार्यक्रम गर्ने र अन्य सामाजिक कार्यहरु गर्ने सो उन्डेशनका सचिव रनमान थेबेले बताएका छन । थेबेका अनुसार यसै संस्थाले त्येअंसी सिरीजंगाको ३१५ औ जन्म जयन्ती मंसिर २९ गते भब्य मनाउने तयारी गरिरहेको छ । उक्त जन्म जयन्ती कार्यक्रम तेल्लोक अवस्थित सिरीजंगा हाङसाम माङहिमको प्रांगणमा हुनेछ ।

सिरीजंगा गाउपालिका ४ तेल्लोकमा पापा जगतबहादुर थेबे र आमा देउमाया थेबेको कोखबाट बि.स. २०११ मा जन्मेका दुर्गाबहादुर सिंथेबे रिटायर ब्रटिस आर्मी हुन् । सन्तानका रुपमा दुई छोरी रहेका थेबे हाल युकेमा बसोबास गरिरहेका छन् ।

सम्बन्धित खवर