जेपी र सुनिताको कर्णप्रिय आवाजमा ‘बोलाको सोल्टीनी’ सार्वजनिक(भिडियो सहित हेर्नुहोस) - Mangsebung News
  • मङ्गलबार, चैत १८, २०७६
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपी र सुनिताको कर्णप्रिय आवाजमा ‘बोलाको सोल्टीनी’ सार्वजनिक(भिडियो सहित हेर्नुहोस)

आन्छुमे नसान
दमक/पूर्वेली लोक भाकाको गीत ‘याक चौरी’को अपार सफलता पछि चर्चामा रहेका गायक जेपी नेम्बाङ र युवा पुस्ताले औधी रुचाएकी लोकप्रिय गायिका सुनिता थेगिमको कर्णप्रिय आवाजमा सजिएको फेरी अर्को पूर्वेली भाकाको चासोेक तङनाम गीत ‘बालेको सोल्टीनी’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

विश्व जबेगुको शब्दभावहरुमा सजिएको पूर्वेली भाकालाई गायक जेपीलेनै लय भरेका छन् । सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् ।

चासोक तङनाममा सोल्टीनीलाई निम्तो दिएर भेट भएपछि रमाईलो कुराकानी गर्दागर्दै घरजम गर्ने सम्म पुगेका सोल्टी सोल्टीनीको अन्तर सम्वाद मिसिएको शब्दभावहरुमा रमाईलो तरिकाले प्रस्तुत गरिएको भिडीयो मनोज राईले खिचेका हुन् ।

मुस्कान मुकारुङको मिक्सिङमा तयार पारिएको गीत भिडियो गायक जेपी नेम्बाङको आफ्नै अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

(भिडियो पुरा हेर्नुहोस)

सम्बन्धित खवर